नेइमार घाइते हुँदा ब्राजिललाई पिडा

एजेन्सी

विहीबार, २३ जेठ २०७६, १२ : २९
नेइमार घाइते हुँदा ब्राजिललाई पिडा

कोपा अमेरिकाको तयारीका लागि खेलिएको मैत्रीपूर्ण खेलमा ब्राजिलले कतारलाई २–० गोलले हराएको छ । घरेलु मैदानमा बिहिबार बिहान भएको खेलमा ब्राजिलले सहज जित हात पारेपनि नेइमार घाइते भएका छन् । यसअघि घुँडामा लागेको चोट पुनः बल्जिएपछि नेइमारले २२औं मिनेटमा मैदान छाडेका थिए ।

नेइमारले कोपा खेल्न नसक्ने सम्भावना समेत बढेको छ । कोपा अमेरिका कपको तयारीकै क्रममा नेइमार अघिल्लो साता घाइते भएका थिए । नेइमार घाइते भएपछि ब्राजिललाई चिन्ता थपिएको छ । कतारलाई हराउन ब्राजिलका रिचार्लिसनले १६औं र गाब्रियल जिससले २४औं मिनेटमा गोल गरेका थिए । कतारले खेलको अन्तिम समयमा पाएको पेनाल्टीमा गोल गर्न सकेन ।

कोपा अमेरिकामा ब्राजील समूह ‘ए’ मा परेको छ । यस समूहमा बोलिभिया, पेरु र भेनेजुएला छन् । कोपा अमेरिकामा ब्राजिलले जुन १५ मा बोलिभियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । कतारले भने जुन १७ मा पराग्वेसँग पहिलो खेल खेल्नेछ । 

प्रतिक्रिया दिनुहोस