नेपाल र बेनिनबीच कूटनीतिक सम्बन्ध स्थापना

बुधबार, १० माघ २०७४, १० : १८
नेपाल र बेनिनबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ । पश्चिम अफ्रिकी मुलुक बेनिनसँग नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । यससँगै विश्वका १५७ राष्ट्रसँग नेपालको सम्बन्ध विस्तार भएको छ ।

संयुक्त राष्ट्रसंघका लागि नेपाल र बेनिनका स्थायी प्रतिनिधिद्वय क्रमशः दुर्गाप्रसाद भट्टराई र जेन क्लाउदी डो रेगोले कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्ताबेजमा बुधबार हस्ताक्षर गर्नुभएको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ ।

नेपाली नियोगमा भएको उक्त कार्यक्रममा दुवै देशका राजदूतहरुले पारस्परिक सम्बन्ध विस्तारका साथै संयुक्त राष्ट्रसंघ र अन्य बहुपक्षीय मञ्चहरुमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । (रासस)

प्रतिक्रिया दिनुहोस