आगो लागेर घर गोठ पूर्णरुपमा नष्ट

सफल खबर संवाददाता

बुधबार, २२ जेठ २०७६, १७ : ३०
आगो लागेर घर गोठ पूर्णरुपमा नष्ट

नवलपुर । बुधबार दिउँसो पूर्वी नवलपरासी (नवलपुर) को मध्यबिन्दु १५ भिक्टामा आगो लागेर घर गोठ पूर्णरुपमा नष्ट भएको छ । 
मध्यबिन्दु १५ का कृष्णबहादुर कुमालको घर र गोठमा आगो लागेको हो । एक्कासी परालको टौवामा आगो देखा परेको र केही समयमा टौवा नजिकै रहेको घर र गोठ जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ । 
आगलागीबाट घरभित्र रहेका सम्पूर्ण खाद्यान्न, लत्ताकपडा र अन्य सामान जलेर नष्ट भएको प्रहरी चौकी चोरमाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस