पूर्वेली समाज चितवनद्वारा बसपार्क क्षेत्रमा सरसफाइ

सफल खबर संवाददाता

बुधबार, २२ जेठ २०७६, १५ : ३३
पूर्वेली समाज चितवनद्वारा बसपार्क क्षेत्रमा सरसफाइ

चितवन । पुर्वेली समाज चितवनले वुधवार भरतपुरको केन्द्रीय वस टर्मिनलमा सरसफाई गरेको छ । विश्व वातावरण दिवसको अवसर पारी समाजले बस टर्मिनल परिसर र वरीपरिका सडकमा सरसफाइ गरेको हो । 
समाजका करिव ३० जनाभन्दा बढी सदस्यहरुले विहान ७ बजेदेखि २ घण्टा सरसफाइ गरेको समाजका सचिव पदम अ¥यालले जानकारी दिए । उनिहरुले बसपार्क परिसर र सडकमा जथाभावि फालिएका बोतल, प्लाष्टिक, कागज टिप्नुका साथै अनावश्यक उम्रिएको झार उखेलेर बटुलेका थिए । 
लखौँ यात्रु आवतजावन गर्ने देशको केन्द्र भागमा रहेको चितवनको यस वसपार्कले जिल्लाको परिचय दिने भएकाले सरसफाइ गरेको समाजका अध्यक्ष डिक बहादुर गुरुङले बताए । हामी जन्मेदेखि मृत्युसम्म रहनुपर्ने वातावरणलाई सधैँ सफा राख्नुपर्ने भन्दै समाजले सचेतना सँगै सरसफाइ कार्यक्रम गरेको अध्यक्ष गुरुङको बताए । 
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष यमलाल कंडेल, समाजका पदाधिकारी, सदस्य लगायत ३ दर्जन बढीको सहभागिता रहेको थियो । पाँचथर, ताप्लेजुङ, झापा, इलाम लगायत पूर्वका विभिन्न जिल्लाबाट चितवनमा आएर स्थायी तथा अस्थायी रुपमा बसोबास गर्नेहरु पूर्वेली समाज चितवनमा संगठित छन । 
समाजले विभिन्न अवसरमा फरकफरक कार्यक्रम गर्दै आएको छ भने अप्ठ्यारोमा परेका पूर्वेलीसँगै अन्य व्यक्तिलाई आर्थिक तथा सामाजिक सहयोग गर्दै आएको छ । समाजले पूर्वको भाषा, संस्कृतिलाई चितवन लगायतका स्थानमा विस्तार तथा प्रवद्र्धन गर्दै आएको छ । समाजमा चितवन, नवलपुर, नवलपरासी लगायत आसपासका जिल्लामा बसोबार गर्ने पूर्वेलीहरु आवद्ध रहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस