अफगानिस्तानविरुद्धको खेलमा श्रीलंका ३४ रनले विजयी

एजेन्सी

बुधबार, २२ जेठ २०७६, १२ : ५९
अफगानिस्तानविरुद्धको खेलमा श्रीलंका ३४ रनले विजयी

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले अफगानिस्तानलाई हराएको छ । मंगलबार राति वर्षाले प्रभावित खेलमा श्रीलंकाले अफगानिस्तानलाई ३४ रनले हराएको हो । एक सय ८७ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तान ३२.४ ओभरमा एक सय ५२ रनमा समेटिएको थियो ।
अफगानिस्तानका लागि  नाजिबुल्ला जाडरनले ४३, हजरातौल्लाह जाजईले ३०, कप्तान गुलबदिन नाइबले २३ र मोहमद नाबीले ११ रन बनाए । श्रीलंकाका नुवान प्रदीपले उत्कृष्ट बलिङ गरे । आठ ओभर बलिङ गरेका उनले २८ रन खर्चिएर चार विकेट लिएका थिए । लासिथ मालिंगाले तीन तथा इसुरु उदाना र थिसारा परेराले एक एक विकेट झारे ।

यसअघि पहिले ब्याटिङ ग।ेको श्रीलंकाले ३३ ओभरमा ८ विकेटको क्षतिमा एक सय ८२ रन बनाउँदा पानी परेको थियो । लगातारको वर्षापछि  तीन घण्टा रोकिएको खेल ४१ ओभरमा झारिएको थियो । जसमा श्रीलंकाले ३६.५ ओभरमा सबै विकेट गुमाएर २०१ रन बनायो । ४१ ओभरमा छोट्याइएको खेलमा अफगानिस्तानले डकवर्थ लेभिस नियमका आधारमा एक ८७ रनको नयाँ विजयी लक्ष्य पाएको थियो ।

श्रीलंकाका लागि कप्तान दिमुथ करुणारत्ने र कुसल परेराले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गरे । कुसल परेराले ७८ रनको अर्धशतकीय इनिङ खेले । दिमुथले  ३० र लाहिरु थिरिमानेले २५, सुरंगा लकमलले १५ र इसुरु उदानाले १० रन बनाए । अफगानिस्तानका मोहमद नाबीले चार विकेट लिए । दौलत जाडरन र रासिद खानले समान दुई दुई विकेट लिए । हमिद हसनले पनि एक विकेट हात पारे । श्रीलंका यसअघि न्युजिल्यान्ड र अफगानिस्तान अस्ट्रेलियासँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस