राजपा र फोरमबाट छानिए यी उम्मेदवार

बुधबार, १० माघ २०७४, ०९ : ४५
राजपा र फोरमबाट छानिए यी उम्मेदवार

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले उम्मेदवारको टुंगो लगाएको छ ।

दुबै पार्टीले दुई दुई जना उम्मेदवारको टुंगो लगाएका हुन् । मध्यरातिसम्म जारी दुई दलको छुट्टाछुट्टै बैठकले उम्मेदवारको नाम तय गरेको हो । राजपाले बाराबाट रमेश यादव र धनुषाबाट वृषेशचन्द्र लाललाई उम्मेदवार बनाउने निर्णय गरेको राजपाका एक नेताले बताए ।

यसअघि, राजेन्द्र महतो विभा ठाकुर र शरतसिह भण्डारी शेखर सिंहलाई उम्मेदवार बनाउनुपर्ने आडानमा थिए । संघीय समाजवादी फोरम नेपालले पनि मध्यराति नै उम्मेदवारको टुंगो लगाएको छ ।

फोरम नेपालले राष्ट्रिय सभा सदस्यको उम्मेदवारमा दलितबाट सर्लाहीका रामपृत पासवान र महिलाबाट सुनसरीका प्रमिला यादवको नाम चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस