ईद उल—फित्रमा प्रचण्डको सन्देश

सफल खबर संवाददाता

बुधबार, २२ जेठ २०७६, ०७ : ४८
ईद उल—फित्रमा प्रचण्डको सन्देश

काठमाडौं । मुस्लिम समुदायको पर्व ईद उल—फित्रमा नेकपाका अध्यक्ष प्रचण्डले शुभकामना सन्देश दिएका छन् । प्रचण्डले देश तथा बिदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गदै यस चाडले नेपाली समाज बहुभाषिक, बहुसांस्कृतिक, अनेक धर्मसँगको सामिप्यता र सम्मानजनक सामाजिक उपस्थितिमा विश्वास गर्छ भन्ने कुराको सन्देश दिएको वताएका छन् ।

आज विहान एक् शुभकामना सन्देश जारी गदै प्रचण्डले देशको यही विविधता भित्रको एकता नै नेपाल र नेपालीको पहिचान र विशेषता भएको वताएका छन् ।

उनले देश अहिले आर्थिक समृद्धिको चरणमा रहेको र त्यसका लागि सवैका साझा पहल आवश्यक रहेको पनि वताएका छन् । उनले भनेका छन्, –‘हामी देशको आर्थिक समृद्धिको चरणमा छौं । लामो समयको प्रतिक्षा पश्चात देशमा आर्थिक समृद्धिको आधारका रुपमा स्थायी सरकार बनेको छ । सबै जाति, क्षेत्र, लिङ्ग र समुदायहरुको साझा प्रयासबाट नै देशको आर्थिक विकास सम्भव छ ।’

ईद उल—फित्रले आपसी भातृत्व, मित्रता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गरी देशलाई आर्थिक समृद्धिमा लैजान सबैमा प्रेरणा मिल्ने विश्वास प्रचण्डले लिएका छन् ।

 

 


 

प्रतिक्रिया दिनुहोस