नेकपामा नेताहरुको कार्यविभाजनमा फेरि बल्झियो विवाद

जनप्रतिनिधी रहेकालाई जिल्ला इन्चार्ज–सहइन्चार्ज बनाउने या नबनाउने भन्नेमा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच विवाद । आज फेरि सचिवालय बैठक बस्दै

सफल खबर संवाददाता

बुधबार, २२ जेठ २०७६, ०७ : ०६
नेकपामा नेताहरुको कार्यविभाजनमा फेरि बल्झियो विवाद

काठमाडौं । सरकारको बागडोर समेत सम्हाल्दै आएको नेकपामा फेरि विवाद बल्झिएको छ । संगठनात्मक कार्यविभाजनका सवालमा प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधव नेपालका आ–आफनै पूर्ववत अडानका कारण विवाद बल्झिएको हो ।
विवाद बल्झिदा मंगलबार ७७ ओटै भूगोलका इन्चार्ज, सहइन्चार्जमा केन्द्रीय सदस्यलाई जिम्मेवारी दिने अध्यक्षद्दयको तयारीमा व्रेक लाग्न पुगेको छ ।

नेता नेपालले जिल्लााको इन्चार्ज र सहइन्चार्ज तोकिदा जनप्रतिनिधी (मन्त्री, सांसद) रहेका केन्द्य्रीय सदस्यलाई उक्त जिम्मेवारी दिन नहुने अडान लिएपछि बैठक बिना निश्र्कष टुंगिएको छ ।
ओली पक्षले भने प्रदेश पदाधिकारी देखि जिल्ला अध्यक्ष, सचिव सम्म पनि जनप्रतिनिधीहरुले नै पनि जिम्मेवारी पाईसकेकोले जिल्लाको इन्चार्ज , सहइन्चार्ज बनाउँदा मात्र यो बिधि लागु गर्न नसकिने र निषेष गरेर जान नसकिने तर्क राखेका थिए ।
प्रधानमन्त्री ओलीका पक्षमा महासचिव विष्णु पौडेल र सचिवालय सदस्य समेत रहेका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र नेपालको पक्षमा वरिष्ठ नेता झलनाथ खनाल , सचिवालय सदस्य वामदेव गौतम र प्रवक्ताा नारायणकाजी श्रेष्ठ खुलेका थिए ।
अर्का अध्यक्ष प्रचण्ड ले जनप्रतिनिधीलाई दोहोरो जिम्मा दिन नहुने मा नीति नै वनाउन नसकिने तर माग उपयुक्त भएको वताएका थिए ।

प्रचण्डले जिल्ला इन्चार्ज सम्वन्धित जिल्लाकै नेतालाई दिँदा राम्रो हुने भएकोले सबैतिर जनप्रतिनिधीलाई रोक्न नसकिने भएकाले नीति नै बनाउदा अप्ठायारो पर्ने हो की भन्ने धारणा राखेका थिए ।

बीचमा बसेर ओली नेपाल विवादको खोजी गरी समस्या समाधानमा दाहालले भूमिका खेल्न खोजेका थिए । अर्का सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामवहादुर थापा (बादल) भने यो विषयमा कतै खुलेनन । मौन वसिदिए ।
ओलीतिर पछिल्लो चरण झुकाव राखेका भनी प्रचार भएका बादलले ओलीलाई खुलेर यो विषयमा साथ नदिएको एक जना सचिवालय सदस्यले बताए ।

फेरि आज बैठक

मंगलबारको सचिवालय बैठकमा विवाद नमिलेपछि आज फेरि सचिवालयको बैठक बस्दैछ । मध्यान्ह १२ वजे सचिवालयको बैठक बोलाइएको प्रवक्ता श्रेष्ठले सफल खबरलाई बताए । ‘हामीले जिल्ला इन्चार्ज सहइन्चार्ज बनाउने सन्र्दभमा सचिवालय बैठकमा उक्त प्रस्तावमा छलफलको प्रारम्भ गरेका छौं, आज पून बैठक वसेर निर्णयमा जान्छौं,’ प्रवक्ता श्रेष्ठले भने ।
सचिवालय बैठक अगाडी आज पनि बिहान वरिष्ठ नेता नेपालसँग दुई अध्यक्षले अनौपचाकिर छलफल गर्ने तयारी गर्ने र एउटा समझदारी बनाएर आज नै निर्णयमा पुग्न दुबै अध्यक्ष ले खोजेका छन् ।
प्रधानमन्त्री ओली २५ जेठबाट ९ दिने यूरोप भ्रमणमा जान खोजेकाले पनि सचिवालय बैठक बाट केन्द्रीय सदस्यहरुको कार्यविभाजन गरीसक्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस