मुस्लिम धर्मावलम्बीको पर्व ‘इदुल्ल फित्र’ आज

सफल खबर संवाददाता

बुधबार, २२ जेठ २०७६, ०६ : ५७
मुस्लिम धर्मावलम्बीको पर्व ‘इदुल्ल फित्र’ आज

काठमाडौं । आज मुस्लिम धर्मावलम्बीको पर्व ‘इदुल्ल फित्र’ । मुस्लिम धर्मालम्वीहरुले यो पर्वलाई विविध रुपले मनाउँदै छन् ।  नेपाल सरकारले मुस्लिम धर्मावलम्बीको यो पर्वको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषदको १० जेठमा बसेको बैठकले यस पर्वका दिन बिदा दिने निर्णय गरेको थियो ।

मुस्लिम आयोगले पनि आफुहरुको पर्वको दिन सार्वजनिक बिदा दिन गरेको आग्रह पछि त्यसलाई समेत मध्यनजर गदै सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को बैठकले नै यो पर्वको दिन विदा दिने निर्णय गरेकोले विदा दिईएको गृहमन्त्रालयका शाखा अधिकृत अशोककुमार राईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

चन्द्रमाको अवलोकनका आधारमा इद मनाइने भएकाले मुस्लिम आयोगको पहलमा विभिन्न संस्थाको सोमबार बसेको बैठकले सरकारसँग बुधबार सार्वजनिक बिदा दिन माग गरेका थिए । यो पर्वका अवसरमा विभिन्न राजनीतिक दलका प्रतिनिधीहरुले शुभकामना सन्देश दिएका छन् । 

प्रतिक्रिया दिनुहोस