वडा भेलामा ६ जना सम्मानित

सफल खबर संवाददाता

मंगलबार, २१ जेठ २०७६, २१ : ४४
वडा भेलामा ६ जना सम्मानित

भरतपुर । भरतपुर महानगरपालिका वडा नम्बर २४ ले वडा भेलाको अवसरमा ६ जनालाई सम्मान गरेको छ । वडामा महतोपूर्ण भुमिका निवार्ह गरेको भन्दै वडाले उनिहरुलाई सम्मान गरेको हो ।  गत आर्थिक वर्षको वडाको कार्ययोजना सफल बनाउदै वडाको विभिन्न क्षेत्रमा महतोपुर्ण भुमिका निवार्ह गरेको भन्दै राम बहादुर गोदार, वडाको सुसासन र समृद्धिमा सहयोग पुराएको भन्दै हरि बाबु ढकाल , टोल विकास संस्थामा रहेर महतोपूर्ण भूमिका निर्वाह गरेको भन्दै मेख बहादुर मगर, वडाको कुशल गृहिणी तथा उत्कृष्ट घर सरसफाई गर्ने महिलाको रुपमा अमृता वि.क. र वडाको कार्यलय भवन निमार्णको लागि १० कठ जमिन सहायोग गरेको भन्दै राष्ट्रिय आधारभुत विद्यालय धुर्वनगरलाई सम्मान गरीएको हो । 

भरतपुर महानगरपालिका उप प्रमुख पार्वती शाहा ठकुरी प्रमुख अतिथि रहनु भएको भेलामा भरतपुर २४ का वडा अध्यक्ष कान्छा मल्लले आर्थिक वर्ष २०७६र०७७ को लागि नगरसभामा प्रस्तुत हुने वडाको नीति तथा कार्यक्रमहरु प्रस्तुत गनुभएको थियो । वडाको भेलामा वडावासीहरुले कृषी, पर्यटन, सुकुम्बासी समस्या र आर्थिक आयआर्जन संग जोडिएका विषयलाई वडाको प्राथमीकतामा राख्न माग गरेका थिए । भरतपुर २४ मा अधिकामश कृषकहरु व्यवसायीक कृषिमा आवद्ध छन् ।
 

प्रतिक्रिया दिनुहोस