राईनोकुञ्जको वडा भेला सम्पन्न

सफल खबर संवाददाता

मंगलबार, २१ जेठ २०७६, २० : १०
राईनोकुञ्जको वडा भेला सम्पन्न

भरतपुर । भरतपुर महानगरपालिका वडा नं.१३ राईनोकुञ्जले आफ्नो नीति तथा कार्यक्रम वडा भेला मार्फत प्रस्तुत गरेको छ ।
सोमबार सम्पनन  वडा भेलामा भरतपुर महानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष प्रकाश दवाडीले महानगरको चौथो नगरसभाका लागि तयार गरेको योजनहरु समेत प्रस्तुत गनुभएको थियो । कृषी, पर्यटन र स्वरोजगार जस्ता विषयलाई प्राथामीकतामा राखिएको योजना भेलाले पारित समेत गरेको छ ।
भेलामा वडावासीहरुले वडाको चालु योजना र भावी योजनाको बारे आ–आफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले सीमित स्रोतसाधनबाट जनताका काम गर्नु परेको बताउँदै वडाको विकासले समग्र महानगरको विकासलाई झल्काउने बताउनु भयो ।
सका वाबजुत महानगरपालिकामा विकासको कामले तिव्रता पाएको भन्दै उहाँले अबको दुई वर्षमा महानगरपालिको विकासमा उल्लेखनिय परिवर्त देखिने बताए ।

प्रतिक्रिया दिनुहोस