विश्वकप क्रिकेट : आज श्रीलंका र अफगानिस्तान भिड्दै

एजेन्सी

मंगलबार, २१ जेठ २०७६, ०९ : ०३
विश्वकप क्रिकेट : आज श्रीलंका र अफगानिस्तान भिड्दै

एजेन्सी । विश्वकप क्रिकेटमा आज अफगानिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुदैछ । कार्डिफस्थित सोफिया गार्डेनमा आज नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा अफगानिस्तानसँग श्रीलंकाले प्रतिस्पर्धा गर्दैछ । दुवै टिमले आफ्नो पहिलो खेलमा हार ब्यहोरेका थिए ।

श्रीलंका न्युजिल्यान्डसँग १० विकेटले पराजित भएको थियो भने अफगानिस्तान अष्ट्रेलियासँग ७ विकेटले पराजित भएको थियो । आजको खेलमा दुवैै टिम जित हात पार्ने लक्ष्यमा हुनेछन् ।

 

प्रतिक्रिया दिनुहोस