सरकारी सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको 'प्रकाण्ड'को दाबी

सफल खबर संवाददाता

सोमबार, २० जेठ २०७६, २० : १७
सरकारी सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको 'प्रकाण्ड'को दाबी

काठमाडौँ । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाले आइतवार राति सोलुखुम्बुमा प्रहरी चौकीमाथि भएको आक्रमणमा आफ्नो कुनै संलग्नता नरहेको जनाएको छ । सोमवार दिउँसो पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा 'प्रकाण्ड'ले एक विज्ञप्ति निकाल्दै सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको प्रष्ट पारेका छन् ।

प्रवक्ता प्रकाण्डले आइतबार सोलुखुम्बुमा आफ्नो पार्टीद्वारा प्रहरी चौकीमा आक्रमण प्रयास भएको भन्ने नियोजित र षडयन्त्रपूर्ण प्रचारवाजीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सुरक्षाकर्मीमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको तर पूर्वी नेपालमा दमन गर्ने सरकारी षडयन्त्र अनुरुप त्यसप्रकारको फेक न्युज बाहिर आएको समेत स्पष्ट पारेका छन् । 

प्रतिक्रिया दिनुहोस