क्रिकेट रङ्गशालाको बारमा डोजर लगाएको आरोपमा पक्राउ परेका १४ जनालाई रिहा

सफल खबर संवाददाता

सोमबार, २० जेठ २०७६, १९ : ३९
क्रिकेट रङ्गशालाको बारमा डोजर लगाएको आरोपमा पक्राउ परेका १४ जनालाई रिहा

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १५, रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालाको बारमा डोजर लगाएको आरोपमा पक्राउ परेका १४ जना रिहा भएका छन् ।

तुलसी गुरुङ, देव तामाङ, राजु सापकोटा, कोपिला सापकोटा, राजन सापकोटा, सञ्जु गुरुङ, कृष्ण कँडेल, दीपक आचार्य, देव गुरुङ, विपीन भट्टराई, मञ्जु चापागाईं, पारू परियार, यशोदा पौडेल, ईश्वरी माया तामाङ सोमबार रिहा भएका हुन् ।

उनीहरुलाई हाजिरी जमानीमा आवश्यकता अनुसार बोलाउने गरी छाडिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उक्त घटनाका मूख्य आरोपीत प्रकाश कँण्डेलसहित भैरव वास्तोकोटी, धुव्र चापागाईं, सुरेन्द्र विके भने हिरासतमै छन । उक्त अभियोग प्रमाणित भएकाहरुलाई तीन बर्ष जेल, ३० हजार जरिवाना र क्षतिपूर्ति भराउने सजाय हुने प्रहरी कार्यालयले जनाएको छ ।

रंगशाला निर्माणस्थल वरपरका केही स्थानीयले पक्राउ परेका व्यक्तिहरु रिहाईको माग गर्दै वडा नम्बर १६ को कार्यालयमा धर्ना दिँदै आएका छन ।


 

प्रतिक्रिया दिनुहोस