५१ प्रतिशत जनसंख्या रहेको मधेसमा २० प्रतिशत बजेट छुट्याएर कसरी हुन्छ विकास ?

सफल खबर संवाददाता

सोमबार, २० जेठ २०७६, १५ : २७
५१ प्रतिशत जनसंख्या रहेको मधेसमा २० प्रतिशत बजेट छुट्याएर कसरी हुन्छ विकास ?

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले बजेटमा मधेसलाई विभेद गरिएको आरोप लगाएका छन् । 

सोमबार प्रतिनिधि सभामा भएको बजेट छलफलमा बोल्दै उनले ५१ प्रतिशत जनसंख्या रहेको मधेसमा जम्मा २० प्रतिशत बजेट विनियोजन भएको गुनासो गरे । प्रदेश २ लाई कृषि जोनको रुपमा विकास गर्ने हो भने खाद्यान्नमा देश आत्मनिर्भर हुने कुरा न सोचाी सरकारले अन्नभण्डार तराई मधेसलाई बजेटमा उपेक्षा गरेको यादवको भनाइ छ । बजेटका कारण तराई र मधेसका जनता बढी प्रभावित भएको भन्दै उनले मधेसका किसानमा बजेटले उत्साह भर्न नसकेको बताए ।

‘जनसंख्यालाई आधार मानिएको छैन । भूगोलको आधारलाई पनि ध्यान दिइएको छैन’ उनले भने ‘जुन भूभागमा ५१/५२ प्रतिशत जनसंख्या बसोबास भएको ठाउँमा २० प्रतिशत बजेट छ । कसरी विकास हुन्छ ?’

बजेट महत्वाकांक्षी, वितरणमुखी र केन्द्रीकृत भन्दै उनले संघीयताको मर्म र भावनालाई पनि संबोधन गर्न नसकेको टिप्पणी गरे । स्थानीय तहले वितरण गर्नुपर्ने सेनिटरी प्याड वितरण गरेर केन्द्र सरकार मख्ख परेको यादवले उनले धारणा राखे ।
 

प्रतिक्रिया दिनुहोस