देउवालाई किन चाहियो पार्टी ‘मुखपत्र’ ?

कांग्रेसले जितेका स्थानीय तहलाई पार्टी मुखपत्रलाई आर्थिक सहयोग उपलब्ध गराउन देउवाको गोप्य सर्कुलर

सफल खबर संवाददाता

सोमबार, २० जेठ २०७६, १० : ३१
देउवालाई किन चाहियो पार्टी ‘मुखपत्र’ ?

काठमाडौं । कुनै जमना कम्युनिष्ट पार्टीले मुखपत्रलाई महत्व दिएजस्तै काग्रेस सभापति शेरवहादुर देउवाले पनि पार्टी प्रचार संयत्रलाई प्रभावकारी बनाउने नीति लिएका छन् । आगामी वर्ष महाधिवशेन पनि सम्मुखमै आएको र सरकारमा भन्दा पार्टी कमजोर प्रतिपक्षिय भूमिकामा पुगेपछि उनले पार्टी मुखपत्र चलाउने र त्यसलाई पार्टीको प्रभावकारी सञ्चारसंयत्र बनाउने योजना अगाडी सारेका छन् ।

त्यसका लागि सभापति देउवाले बरिष्ठ पत्रकार परशु घिमिरेले सञ्चालन गदै आईरहेको तरुण साप्ताहिकलाई पार्टी मुखपत्र बनाउन लागेका छन् ।

विगतमा काग्रेसले नेपाल पुकारलाई पार्टीको मुखपत्र बनाएको थियो । घिमिरे आफै पनि देउवा निकट पत्रकार रहेको र गत महाधिवशेनमा देउवालाई चुनाव जिताउनका लागि घिमिरेले बनाएको प्रचार रणनीति सफल देखेपछि सभापति देउवाले तरुण लाई नै पार्टी मुखपत्र बनाउन खोजेका हुन् ।

त्यसका लागि उनले पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई अगाडी बढ्न जिम्मा नै दिएका छन् । पौडेलले अहिले सभापति देउवाको निर्देशनमा तरुण पार्टीकोमुखपत्र भएको र त्यसलाई सहयोग गर्न पार्टी मातहातका कमिटिलाई आन्तरिक सूचना जारी गर्न थालेका छन् ।

त्यसोत तरुणलाई सहयोग गर्न भन्दै सभापति देउवाकै निर्देशनमा उनले काग्रेसले प्रमुख जितेका स्थानिय तहलाई आन्तरिक रुपमा गोप्य सर्कुलर समेत पठाउन थालेको काग्रेस निकट स्रोतले बताएको छ ।

‘पार्टी मुखपत्र तरुण साप्ताहिक रहेको र उक्त पत्रिकालाई आर्थिक सहयोग उपलब्ध गराई सहयोग गरिदिन पार्टी सभापति देउवाको निर्देशन अनुसार यो सर्कुलर गरिएको छ,’ भन्दै मुख्यसचिव पौडेलले अहिले स्थानिय तहका प्रमुखहरु, ब्यापारीहरुलाई सर्कुलर गरेका छन् ।

गाउपालिकालाइृ गाउपालिका विशेषाङकै रुपमा भएपनि तरुणमार्फत प्रकाशन गरी सहयोग उपलब्ध गराउन पौडेलले स्थानिय तहलाई निर्देशन गरेका छन् । प्रचारका कुनै माध्यमबाट तरुणलाइृ सहयोग गर्न नसकिए पनि विशेषांकका रुपमा भएपनि रकम उपलब्ध गराइृ सहयोग गर्न उनले नयाँ जुक्ति समेत फुराई स्थानिय काग्रेस नेता कार्यकर्तालाई आन्तरिक सर्कुलर गरेका छन् । त्यही क्रममा उनकै निर्देशनका आधारमा सिन्धुपाल्चोकको हेलम्बु गाउपालिकाले हेलम्बु विशेष अंक प्रकाशित गर्न तरुण लाई २ लाख रुपैया उपलब्ध गराउने निर्णय नै गरिसकेको बताइएको छ ।तरुणले गत जेठ १३ गते हेलम्बु गाउपालिकाको गतिविधि सहतिको चार पेजको रंगिन हेलम्वु विशेष प्रकाशित भईसकेको छ ।

सभापति देउवाले तरुणलाई पार्टी मुखपत्र बनाउन चाहेपनि देउवा इतर नेताहरुले भने त्यो सभापति निकट मात्र भएको प्रतिक्रिया दिएका छन् । ‘पार्टीको यही मुखपत्र भन्ने ठोस भइृसकेको छैन, सभापतिले तरुणलाई सहयोग गर्न आन्तरिक सर्कुलर गरेको सूचना हामीले पनि पाएका छौं, तर मुखपत्र नै बनिसकेको भने छैन,’ देउवा इतरका एक काग्रेसका केन्द्रीय सदस्यले बताए ।

प्रतिक्रिया दिनुहोस