सानेपामा दुर्घटना हुँदा पत्रकारसहित २ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, १९ जेठ २०७६, १८ : ५४
सानेपामा दुर्घटना हुँदा पत्रकारसहित २ जनाको मृत्यु

ललितपुर । सानेपास्थित रिङरोडमा आइतबार दिउँसो ३ः ३० बजेतिर स्कारपियो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । दुईवटा जिप र एक मोटरसाइकल आपसमा ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार एकजनाको घटनास्थलमै मृत्यु भएको हो भने अर्का एक जना गम्भीर घाइतेको उपचारको क्रममा मृत्यु भएको हो । 

ज्यान गुमाउनेमा ललितपुर गोदावरी निवासी ४० वर्षीय गोविन्दप्रसाद शर्मा र नुवाकोट घर भई कलंकी बस्दै आएका २७ वर्षीय चन्द्रमणि मूडभरी रहेका प्रवक्ता चिमौरियाले बताए । गोविन्द शर्मा किसान टेलिभिजनका पत्रकार समेत हुन् । शर्मा मोटरसाइकलको पछाडि बसेका थिए । गम्भीर घाइते भएका शर्माको उपचारको क्रममा मृत्यु भएको हो । स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस