महालक्ष्मी विकास बैँकको दुई नयाँ शाखा विस्तार

सफल खबर संवाददाता

आइतबार, १९ जेठ २०७६, १५ : २५
महालक्ष्मी विकास बैँकको दुई नयाँ शाखा विस्तार

ललितपुर । महालक्ष्मी विकास बैंक लिमिटेडले दुई नयाँ शाखा विस्तार गरेको छ । बैंकले ललितपुर महानगरपालिका वडा ३, झम्सिखेलमा जेठ १५ गते र काठमाडौँ महानगरपालिका वडा १०, शंखमुलमा जेठ १९ गते नयाँ शाखा विस्तार गरेको हो । उल्लिखत शाखाहरु सञ्चालनमा आएपछि यस बैंकको कुल शाखा संख्या ९५ पुगेको छ ।

बैंकले आगामी दिनहरुमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच पु¥याउने कार्यलाई निरन्तरता दिने प्रतिबद्घता जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस