नेपाली राष्ट्रिय फुटबल टोलीले मलेसियासँग मैत्रीपूर्ण खेल खेल्दै

एजेन्सी

आइतबार, १९ जेठ २०७६, ११ : ५०
नेपाली राष्ट्रिय फुटबल टोलीले मलेसियासँग मैत्रीपूर्ण खेल खेल्दै

एजेन्सी । नेपाली राष्ट्रिय फुटबल टोलीले  आइतबार बेलुका मलेसियासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले मलेसियासँग उसैको मैदानमा साँझ ८ः०० बजे मैत्रीपूर्ण खेल खेल्न लागेको हो । 
कतार विश्वकप छनोटको तयारीका लागि अखिल नेपाल फुटबल संघ ९एन्फा० ले नेपाली टोलीलाई मैत्री खेलमा सहभागी गराउन थालेको हो । नेपाल र मलेसियाबीचको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । 

फिफा बरियतामा नेपाल मलेसियाभन्दा माथि छ । तर, मलेसियाको प्राविधिक पक्ष राम्रो छ । वरियतामा नेपाल एक सय ६१औं स्थानमा छ भने मलेसिया एक सय ६८औं स्थानमा छ । 
मलेसियासँगको खेलपछि नेपालले चाईनिज ताईपेईंसँग यही जुन ६ तारिख मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाली टोली मलेसियाबाट सिधै चाईनिज ताईपेईं जानेछ ।

 

प्रतिक्रिया दिनुहोस