नारायणगढ मुग्लिन सडकको दुई स्थानम पहिरो, सवारि वान वे

सफल खबर संवाददाता

आइतबार, १९ जेठ २०७६, ०८ : ०९
नारायणगढ मुग्लिन सडकको दुई स्थानम पहिरो, सवारि वान वे

फाईल फोटो

चितवन । नरायणगढ मुग्लिन सडकको घुमाउने र पाँच किलो खण्ड एकतर्फी भएको छ । 
गएराती परेको बर्षाका कारण पहिरो खस्दा सो सडक खण्डमा सवारीसधान एकतर्फी मात्रै गुडिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पहिरो सामान्य रहेको र अबको करिब आधा घण्टामा दुबैतर्फी संचालन हुने प्रदेश ३ ट्राफिक प्रहरी कार्यलय चितवनका प्रमुख प्रहरी उपरीक्षक नबिनरज राईले बताए । 

बष्मर्को मौसम सुरुभएसगै संघीय राजधानी जोड्ने लाईफलाइनका रुपमा रहेको नारायणगढ मुग्लिन सडक खण्डमा पहिरो खस्न थालेको छ । बर्षौ लगाएर निर्माण सम्पन्न भएको केहिसमय मात्रै भएको यस सडकमा पुन अबरोध हुदा हजारौ यात्रु प्रभाबित हुनेभएका छन । 

पहिरो रोकथामका लागि सम्बन्धित निकायले समयमै पर्याप्त काम नगर्दा यस बर्षको बर्षातमा यात्रुले सास्ती ब्यहोर्नुपर्ने अबस्था आएको भन्दै सरोकारपक्ष चिन्तित छन ।

प्रतिक्रिया दिनुहोस