नरभक्षि बाघ नियन्त्रणमा

सफल खबर संवाददाता

आइतबार, १९ जेठ २०७६, ०८ : ०१
नरभक्षि बाघ नियन्त्रणमा

चितवन । चितवन राष्ट्रिय निकुञ्जको डिउटीमा खटिएका सैनिकमाथि आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिईएको छ । शनिबार दिउँसो नौ बर्षीय पोथी बाघलाई निकुञ्जबाटै नियन्त्रणमा लिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेद कुमार ढकालले जनाकारी दिए ।  
नियन्त्रणमा लिएको बाघलाई काठको खोरमा राखीएको छ भने बाघको क्रियाकलाप सिसि क्यामेराले निगरानि गरीरहेको ढकालले बताए । 
निकुञ्जको कार्यालय कसरा ब्यारेक पेरिमिटरमा गस्ती गरीरहेका ताप्लेजुङ थुम्लिङ २ का ३४ वर्षीय राज विकलाई आक्रमण गर्दा उनि घाईते भएका थिए । गम्भिर घाईते उनलाई काठमाण्डौँ छाउनी अस्पतालमा उपचारका लागी रेफर गरिएको छ । विकको बायाँ कान नभएको र घाँटीमा भित्री चोट देखिएको चिकित्सकलाई उदृत गर्दै प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस