लागु औषधसहित असई पक्राउ

मंगलबार, ०९ माघ २०७४, १७ : २७
लागु औषधसहित असई पक्राउ

काठमाडौं । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) सुमित राज सिटौला लागु औषधसहित पक्राउ परेका छन् । संघीय प्रहरी कार्यालय बाग्मतीमा कार्यरत असई सिटौलालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले ३ माघमा पक्राउ गरेको हो ।
‘सुमित राज सिटौलालाई हामिले महारजगञ्जबाट नियन्त्रणमा लिएका हौं’ महानरीय प्रहरी वृत महाराजगञ्जका डिएसपी योगेन्द्र सिंह थापाले भने, ‘लागु औषध मुद्धामा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेका छौं ।’
प्रहरी स्रोतका अनुसार सिटौलाको साथबाट २३ पिस नाईट्रोभ्याट र १ सय १० ग्राम गाँजा बरामद गरिएको छ । २ फाईल नाइट्रोभ्याट (३० पिस) मध्ये सिटौलाले ७ पिस आफैंले सेवन गरेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस