बाघको आक्रमणबाट एक सैनिक गम्भिर घाईते

सफल खबर संवाददाता

शनिबार, १८ जेठ २०७६, ०८ : ५६
बाघको आक्रमणबाट एक सैनिक गम्भिर घाईते

चितवन । बाघको आक्रमणबाट चितवनमा नेपाली सेनामा कार्यरत एक सैनिक गम्भिर घाईते भएका छन । कसरा व्यारेक पेरीमीटरमा गस्ती गरीरहेका ताप्लेजुङ थुम्लीङ–२ का ३४ वर्षीय राज विकलाई बाघले आक्रमण गर्दा गम्भिर घाईते भएका हुन । 
उनलाई शुक्रवार अपरान्ह डिउटीमै रहेको समयमा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाईते विकलाई तत्काल उद्धार गरी भरतपुरस्थित अस्पताल पु¥याए पनि अवस्था गम्भिर रहेकाले थप उपचारका लागी काठमाण्डौ छाउनी अस्पतालमा ण्रिफर गरीएको छ । 
उनको बायाँ कान नभएको र घाँटीमा भित्री चोट देखिएको चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस