समानुपातिक उम्मेदवार राष्ट्रियसभामा जान बंचित

मंगलबार, ०९ माघ २०७४, १७ : ०१
समानुपातिक उम्मेदवार राष्ट्रियसभामा जान बंचित

चितवन ।  राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्ने योग्यता सम्बन्धी व्यवस्थाले केही आंकाशीलाई अफ्ठारोमा पारेको छ ।
समानुपातिक सूचिमा नाम रहेका नेताहरु राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्न नपाउने व्यवस्था छ ।

प्रदेशसभा तथा प्रतिनिधिसभामा चुनाव हारेका नेता राष्ट्रियसभा सदस्य बन्नका लागि दौडधुपमा लागेका थिए । तर, समानुपातिकमा उम्मेदवार बनेका नेता चाहेर पनि उम्मेदवार बन्न सकेनन् ।
प्रदेशसभा वा प्रतिनिधिसभाका लागि समानुपातिक उम्मेदवार बनेका राष्ट्रियसभा सदस्य बन्न नपाउने प्रावधान छ ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचन ऐनको दफा ३० को उपदफा (१) र (३) अनुसार ती सभाहरुका समानुपातिक उम्मेदवारहरु राष्ट्रिय सभाको उम्मेदवार बन्न पाउँदैनन् ।
समानुपातिक उम्मेदवारको बन्दसूचीको मान्यता प्रतिनिधि र प्रदेशसभाको कार्यकालभर मान्य हुने ऐनमा उल्लेख छ ।

ऐनको दफा ३० को उपदफा ३ मा प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणाली तर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम नाम हटेको अवस्थामा बाहेक राष्ट्रिय सभा, प्रदेश सभा वा स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन नसक्ने उल्लेख गरिएको छ । सोही कुरा प्रदेशसभाको निर्वाचन ऐनमा पनि उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस