चितवन । निर्माण रोकिएको क्रिकेट रंगशाला फेरि निर्माण सुरु गरिने भएको छ । स्थानीय टोल विकास संस्थाहरुले सुरक्षा दिने भएपछि रंगशालाको निर्माण कार्य फेरि सुरू हुने भएको छ । स्थानीय पाँच वटा टोल विकास संस्थाहरुले निर्माण कार्य सुरू गर्न धुर्मुस सुन्तली फाउन्डेसनलाई आग्रह गरेका छन् । भत्किएको पर्खाल स्थानीय र टोल विकास संस्था मिलेर उठाउने सहमति भएको छ । शान्तिदीप टोल विकास संस्थाका मीनबहादुर लामा, पालुवा टोल विकास संस्थाका मीनबहादुर बस्नेत, रामपुर टोल विकास संस्था रिता बस्ताकोटी, प्रकृति टोल विकास संस्थाका रामचन्द्र बस्ताकोटी, राधाकृष्ण टोल विकास संस्थाका सुशील लामाद्वारा जारी गरिएको विज्ञप्तिमा रंगशाला पुनः बनाउने सहमति भएको हो ।
सहमती भए संगै सनिवार बिहान ७ बजे भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको नेत्रित्वमा चितवनका राजनितिक दल ,नागरिक समाज ,पत्रकार कर्मचारी स्थानिय तथा आम सर्बसाधाहरणको सहभगितामा भत्कियका संरचना निर्माकासाथै बृहद जन सहभागिताका साथ निर्माण कार्य थालिने भएको छ । सो जन स्रममा धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल ,उपाध्यक्ष कुन्जना घिमीरे समेतको सहभगिता हुने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ जेठ २०७६, २१ : ४३
लेखकबाट थप