अन्तराष्ट्रिय रंगशाला निर्माणका काम स्थगित

सफल खबर संवाददाता

विहीबार, १६ जेठ २०७६, १० : ५६
अन्तराष्ट्रिय रंगशाला निर्माणका काम स्थगित

चितवन । चितवनको रामपुरमा निर्माणकै चरणमा रहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माणका कार्य स्थगित भएको छ । वुधवार रंगशाला निर्माण परिसरमा लगाईएको जस्तासहितको तारबार केहि असन्तुष्ट स्थानियले डोजर लगाएर भत्काएपछि तत्कालका लागी स्थगित भएको धुर्मुस सुन्तली फाउण्डेसनले जनाएको छ ।
फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले एक विज्ञप्ती निकाली सुरक्षीत वातावरणमा काम गर्ने अवस्था नभएसम्मका लागी सम्पुर्ण काम यथास्थितिमा स्थगित गरीएको जनाएका हुन । यसअघि पनि कर्मचारीसँगै कामदारलाई धम्क्याउने, थर्काउने गरीरहेकोमा एकाएक डोजर लगाएर तारबार भत्काएपछि काम गर्ने बातावरण नभएको विज्ञप्तीमा जनाईएको छ । 
विज्ञप्तीमार्फत छलफलबाट समस्या समाधानको प्रयास हुँदाहुँदै अराजक तरीकाले क्षति पु¥याएको घट्नाप्रति सम्बन्धीत सरोकारपक्षको ध्यानाकर्षण गराउनुका साथै भर्सना गरेको छ । 
धुर्मुसले निर्माणमा खटिने कर्मचारीको जीउ ज्यान र भौतिक सम्पत्तिको सुरक्षामाथी खतरा उत्पन्न भइ गम्भिर परिस्थिति श्रृजना भएकाले स्थगित गरीएको जनाउदै यसबाट सहयोगी दाताहरुमा पर्न गएको असुविधाप्रति क्षमा पनि मागेका छन । 
तारबार भत्काउने मुख्य आरोपी प्रकाश कंडेलसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रतिक्रिया दिनुहोस