मलिंगाको भरमा श्रीलंकाको क्रिकेट, पढ्नुहोस् उनले सनसनी मच्चाएका बलिङ्ग

एजेन्सी

मंगलबार, १४ जेठ २०७६, १५ : ०२
मलिंगाको भरमा श्रीलंकाको क्रिकेट, पढ्नुहोस् उनले सनसनी मच्चाएका बलिङ्ग

एजेन्सी । श्रीलंकाका लसिथ मलिंगा विश्वकपका पाका खेलाडीमा गनिन्छन् । तर पनि ३५ वर्षीय बलर मलिंगामा उमेरको त्यस्तो असर देखिँदैन । उनले उमेरका कारण खेलाडीले खेल्न सक्दैनन् भन्ने सामान्य बुझाइलाई गलत सावित गरिदिएका छन् । 

लगातार ८ वटा म्याच गुमाएका कारण अप्रिलबाट उनले श्रीलंकाको कप्तानी छोडेका थिए । पूर्व तीव्र गतिका बलर असंथा डिमेलको नेतृत्वको चयन समितिका अनुसार मलिंगाले टीमलाई एकजुट गर्न सकेनन् । उनीमाथि सिनियर खेलाडीसँग राम्रो सम्बन्ध नराखेको आरोप लाग्यो । 

यसकारण मलिंगा निकै निराश भए । रिपोर्टलाई मान्ने हो भने त्यसताका उनले सन्यास लिने समेत विचार गरिसकेका थिए । तर विश्वकप टीममा समावेश भएपछि उनले आफ्नो विचारलाई लत्याइदिए । यी तीव्र गतिका बलरले इन्डियन प्रिमियर लीग (आईपीएल)मा मुम्बई इन्डियन्सको तर्फबाट १६ विकेट लिए । उनले आईपीएलमा आफूलाई पुन: प्रमाणित गरे । 

उनले चेन्नई सुपर किंग्सविरुद्ध फाइनलको अन्तिम ओभरमा आफ्नो बलिङको कमाल देखाए र मुम्बईलाई चौथो पटक आईपीएलको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेले । 

उनी फर्ममा आउनु विश्वकपमा श्रीलंकाका लागि शुभ संकेत हो । 

श्रीलंकाको टीममा उनी सबैभन्दा अनुभव भएका बलर हुन् । उनले हालसम्म ३२२ एक दिवसीय क्रिकेट खेलेका छन् । 

नयाँ कप्तान दिमुथ करुणारत्नेको पहिलो मुख्य लक्ष्य मलिंगाको पुराना कुरा बिर्सिएर पुन: टीममा जोड्नु हुनेछ ताकि उनले उत्कृष्ट प्रदर्शन गर्न सकून् । 

मलिंगाले विश्वकपमा केही यादगार प्रदर्शन गरेका छन् । उनले विश्वकप २००७ मा दक्षिण अफ्रिकाविरुद्ध चार बलमा चार विकेट लिएर सनसनी मच्चाएका थिए । त्यसपछि सन् २०११ मा केन्याविरुद्ध उनले पुन: ह्याट्रिक लिएका थिए । भारतविरुद्ध फाइनलमा उनको पहिलो स्पेल खतरनाक रहेको थियो । त्यसबेला उनले सचिन तेन्दुलकर र वीरेन्द्र सहवागलाई आउट गरेका थिए । 

यदि श्रीलंकाले सन् १९९६ को इतिहास दोहोर्‍याउने हो भने मलिंगा फिट हुनु र फर्ममा रहनुपर्छ । सायद यो मलिंगाको यो अन्तिम विश्वकप हुनेछ । 

क्रिकेट पण्डितहरूले यस विश्वकपमा श्रीलंकाले मलिंगाबाट ठूलो भर गरेको छ र टीमको बलिङ पाटो उनीमाथि नै निर्भर रहेको छ । 

प्रतिक्रिया दिनुहोस