स्वतन्त्र राष्ट्रिय साहित्य अभियान गठन

सफल खबर संवाददाता

शनिबार, ११ जेठ २०७६, १८ : १४
स्वतन्त्र राष्ट्रिय साहित्य अभियान गठन

काठमाडौं । कुनै पनि पार्टी तहमा नबसेका बेग्ला बेग्लै भाषामा साहित्य रचनामा लागेका स्वतन्त्र साहित्यकारहरुको सम्मेलनले शनिबार भ्रष्टाचार र बेथीति विरुद्ध सिर्जनात्मक हस्तक्षेपको अभियान शुरु गर्न भाषाभाषीहरुको स्वतन्त्र राष्ट्रिय साहित्य अभियान गठन गरेको छ ।

हालसम्मको यसरी फरक–फरक भाषामा कलम चलाउने साहित्यकारहरुको एउटै यस्तो साझा साहित्यिक सञ्जाल वा संगठित भई स्वतन्त्र रुपमा भ्रष्टाचार र बेथीति विरुद्ध प्रयोजनपरक साहित्यिक अभियान पहिलो भएको पनि अभियानले जनाएको छ । अभियान अन्तर्गतको सँस्कृत देखि नेपाली, उर्दू, राई, बाहिंग, लिम्बू, नेपाल भाषा, मैथिली भोजपुरी, तामांग, थारु भाषा सम्ममा कलम चलाउने साहित्यकारहरुको सहभागिता रहेको थियो ।

भेलाले स्वतन्त्र राष्ट्रिय अभियान नेपालको साहित्य कला बिधा अन्तर्गतको केन्द्रीय समिति काठमाडौंमा गठन गरिएको हो । समितिको नाम ‘स्वतन्त्र राष्ट्रिय साहित्य कला अभियान’ रहनेगरि समिति गठन गरिएको अभियानले जनाएको छ । समिति गठन कार्यक्रममा बोल्दै अभियानका संयोजक स्वागत नेपालले बिबिध भाषा, संस्कृति, पहिचान र सृजनालाई समेट्नेगरि यो साहित्य कला अभियान गठन गरिएको जानकारी दिए ।

अभियानले बिभिन्न पेशा, बिद्यार्थी, बेरोजगार लगायत सबै नागरिकलाई समेटेर सत्ताको आडमा भइरहेको भ्रष्टाचार र अपराधीकरण बिरुद्ध काम गर्ने संयोजक नेपालले बताए । सम्मेलनले प्राध्यापन पेशामा संलग्न साहित्यकार योगलाल गौतमको अध्यक्षतामा २९ सदस्यीय केन्द्रीय साहित्य कला समिति गठन गरेको छ । सो समितीका विभिन्न पदाधिकारी तथा सदस्यहरुलाई विभिन्न जिल्ला र क्षेत्रका समितिहरु निर्माण गर्ने जिम्मा समेत दिइएको छ ।

समितिको उपाध्यक्षमा अम्बु विहानी, महासचिवमा दीपक थापा, सचिवमा रजनी खत्री, र कोषाध्यक्षमा रिजवान खान रहनु भएको छ । त्यसै गरी सदस्यहरुमा क्रमशः कृष्ण सिटौला, सिद्धी भरत चेपाङ्ग, अविरल राई, भुषण हुमागाईँ, अनुभव आत्रेय, सोना आचार्य, अमृतलक्ष्मी जोशी, भूमिका थारु , रामनारायण शर्मा, श्याम लिम्बू, पदम श्रेष्ठ, दानदास श्रेष्ठ, निश्चल श्रेष्ठ, इन्द्रारानी राई, वविता ढकाल, रसिक किरात राई, विजेता चौधरी, बादल घिमिरे, रञ्जित तामांग, विदुर पौडेल, दीपेन्द्र रसाइली, नितु कोइराला, विमल गौतम, चिरञ्जिवी नेपाल, राजु मग्राती, सिर्जना घिमिरे, मनिता बस्नेत, रामप्रसाद रिमाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस