भारतको उत्तर प्रदेश प्रान्तको सीतापुरमा एउटा फाइनान्स कम्पनीका कारिन्दाले किस्ता जाँदा सोमबार ट्य्राक्टर धनी ज्ञानचन्द नामका किसानलाई नै कुल्चेर मारिदिएका छन् ।
अर्काको खेत जोतिरहेकै ठाउँमा रिन उठाउन पुगेका फाइनान्सका कर्मचारीले किसानसँग ट्य्राक्टर खोस्दा प्रतिवाद गरेपछि फाइनान्स कम्पनीका कारिन्दाले किसानलाई कुल्चेर ट्य्राक्टरसमेत लिएर भागेका थिए । फाइनान्स कम्पनीबाट पाँच लाख रिनमा लिएको ट्याक्टरको ६५ हजार रुपियाँ किस्ता बुझाउन बाँकी रहेको मृतक ज्ञानचन्दका भाइले जानकारी दिएको द वायरको समाचारमा बताइएको छ ।
भारतको अदालतले वित्तीय संस्थाहरूलाई रिन उठाउन गुण्डा प्रयोग नगर्न आदेश दिएको भए पनि त्यसको उल्लंघन भइरहेको समाचारमा बताइएको छ ।
प्रतिक्रिया दिनुहोस