सन्दीपले बार्बाडोस ट्रिडेन्सबाट सीपीएल खेल्ने

सीपीएल आगामी सेप्टेम्बर ४ देखि अक्टोबर १२ तारिखसम्म वेस्ट इन्डिजमा

सफल खबर संवाददाता

विहीबार, ०९ जेठ २०७६, ०६ : ४०
सन्दीपले बार्बाडोस ट्रिडेन्सबाट सीपीएल खेल्ने

काठमाडौं । बार्बाडोस ट्रिडेन्सबाट क्यारेबियन प्रिमियर लिग (सीपीएल) को आगामी संस्करणमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले खेल्ने भएका छन् ।

सीपीएल आगामी सेप्टेम्बर ४ देखि अक्टोबर १२ तारिखसम्म वेस्ट इन्डिजमा हुँदैछ ।

लण्डनको जिफिनिटी स्पोट्स एरेनामा जारी ड्राफ्को पाँचौ चरणको पिकमा बार्बाडोसले सन्दीपलाई छनौट गरेको हो । सीपीएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् । गत संस्करण सेन्ट किट्स एण्ड नेभिस प्याट्रिवट्सबाट सन्दीपले सीपीएल खेलेका थिए । सेन्ट किट्सले उनलाई गत वर्ष लण्डनमै भएको ड्राफ्टबाट पाँच हजार डलरमा अनुबन्ध गरेको थियो ।

उनी ७० हजार डलर पारिश्रमिक पाउने गरी अनुबन्ध भएका हुन् ।

उनी यससँगै लगातार दोस्रो सिजन सीपीएल खेल्ने पनि पहिलो नेपाली खेलाडी बनेका छन् ।

प्रतिक्रिया दिनुहोस