विप्लवलाई एक पछि अर्काे झट्का

ब्यूरो प्रमुख नै फेरी समातिए, तिनवटा ब्यूरो नेतृत्वविहिन, दर्जनौ जिल्लाको हालत पनि उस्तै

सफल खबर संवाददाता

बुधबार, ०८ जेठ २०७६, ०७ : २९
विप्लवलाई एक पछि अर्काे झट्का

काठमाडौं । एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशासहित शसस्त्र विद्रोहको तयारीमा जुटेपछि सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिवन्ध लगाएको छ । गत फागुन २८ गते सरकारले उक्त पार्टी र उसका गतिविधिलाई प्रतिवन्ध लगाएयता मात्रै विप्लवको पार्टीलाई एक् पछि अर्काे धक्का लागन थालेको छ ।

५ सदस्यीय स्थायी समितिवाटै तेश्रो वरियताका नेता हेमन्तप्रकाश वली पक्राउ परेका छन् । प्रतिबन्धको घोषणा गरेपछि यता एक स्थायी समिति सदस्य, दुई पोलिटब्यूरो सदस्य, ६ जना केन्द्रीय सदस्य पक्राउ परिसकेका छन् ।

मंगलवार मात्रै उक्त पार्टीका केन्द्रीय सदस्य तथा भेरी ब्यूरो इन्चार्ज प्रमुख बलबहादुर वली ‘सितल’ र सुर्खेत जिल्ला सेक्रेटरी खड्कबहादुर खड्का ‘यमराज’ पक्राउ परेका छन् ।

दुबै जनालाई मंगलबार विहान भेरीगंगा नगरपालिका–५ भर्लेनीबाट पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी महेशविक्रम शाहले वताएका छन् ।

गत फागुन २८ मा उक्त पार्टी प्रतिवन्धमा परेयता उक्त पार्टीका नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गर्ने र विभिन्न अभियोगमा प्रहरी हिरासतमा राख्दै आएको छ । पार्टी प्रतिबन्ध पछि पक्राउको पहिलो निशानामा पोलिटब्यूरो सदस्य एवं जनवर्गीय संगठनका ईन्चार्ज मोहनवहादुर कार्की (जिवन्त) परे ।

चैत १ गते ललितपुरको च्यासलस्थित कोठाबाटै उनी गरिफ्तारीमा परेका थिए ।
त्यसभन्दा अगाडी नै केन्द्य्रीय सदस्य तथा महिला संगठनकी अध्यक्ष बन्धु चन्द पनि पक्राउ परेकी थिइन् ।

चैत्र ८ गते काभ्रेपलाञ्चोक जिल्लाको विकट क्षेत्र डाँडापारिको खानीखोलाबाट स्थायी समितिकै सदस्य तथा मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश वली सुर्दशन पक्राउ परे । उनी अर्का केन्द्रीय सदस्य तथा पूर्वी ताम्सालिङ ब्यूरो इन्चार्ज बसन्त श्रेष्ठ (प्रज्ज्वलन) सहति अन्य ९ जना पक्राउमा परे । पक्राउमा रौतहटका जिल्ला इन्चार्ज शंकर अधिकारी पनि हेमन्तसँगै पक्राउ परे । गिरफ्तार गरी जेल र हिरसासतमा राखिएको छ । ति नेताहरुलाई देशका विभिन्न घटनासँग जोडेर अनुसन्धान गरिरहेको अवस्था छ ।

सुदर्शन गिरफ्तार परेकामध्ये अहिलेसम्मकै सबैभन्दा उच्च तहका नेता हुन् । उनी पार्टीको चार वटा भूगोल क्षेत्रीय कमाण्डमध्ये मध्यकेन्द्रीय कमाण्डका ईन्चार्ज समेत हुन् । पार्टीमा मालेमा दर्जनको व्याख्यता मानिन्छन् । यस कमाण्डअन्तर्गत पूर्वी ताम्सालिङ, पश्चिम ताम्सालिङ र नारायणी पर्दछ । केन्द्रीय सदस्य प्रज्वलन चाहिं पूर्वी ताम्सालिङ ईन्चार्ज हुन् । रुपन्देहीको सैनामैना निवासी प्रज्वलन ने.क.पा.की पोलिटब्यूरो सदस्य एवं जनयुद्धकालका जेलब्रेकर उमा भुजेलकी श्रीमान् हुन् ।  त्यस्तै बैशाख ६ गते रोल्पाका चुडामणि वली ‘आदर्श’ र सल्यानका चन्द्रबहादुर खडका ‘असल’लाई प्रहरीले दाङको तुलसीपर नगरपालिका–३ राम्रीबाट गिरफ्तारीमा परे । आदर्श र असल दुवैजना ने.क.पा.का केन्द्रीय सदस्य हुन् । आदर्शका पार्टीका स्कूलिङ विभागका सदस्य समेत हुन् । छन् । जिल्लामा राम्रै प्रभाव छाडेका नेतामा गनिन्छन् ।

सल्यानको दार्मा गाउँपालिका लडा ५ का बासिन्दा युवा नेता असल जनयुद्धका सहिद (बुबा)परिवारका सदस्य समेत हुन् । नेता आदर्श भने रोल्पा गंगादेव गाउँपालिका–३ जिनवाङका बासिन्दा हुन् । उनी जनयुद्धताका बेला रोल्पा जिल्ला सेक्रेटरी थिए ।

त्यस्तै पक्राउ परेका अर्का नेता हुन्, भरत वम । उनी विप्ल्व नेकपाका पोलिटब्यूरो सदस्य थिए । भरत बम ‘रणवीर’लाई यही बैशाख २५ गते बिहान नेपालगन्जको जानकी गाउँपालिका वडा नम्बर ६ गहनापुरबाट प्रहरीले युवा नेता सत्यबहादुर शाहीसँगै पक्राउ गरेको हो ।

अहिलेसम्म नेकपाका मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश वली पक्राउ परेका छन् । उनको ठाउमा अहिले प्रवक्ता खडकवहादुर विश्वकर्मालाई जिम्मेवारी दिने विषयमा अहिले पनि उक्त पार्टी छलफलमै छ । तर जिम्मेवारी दिईसकेको छैन ।

पूवीृ ताम्सालिङ, भेरी, कोशी ब्यूरो अहिले नेतृत्व विहिन वनेको छ । कोसी ब्यूरोका इन्चार्ज रहेका नेता निलम्वनमा परेपछि घनश्याम श्रेष्ठ पुष्करलाई संयोजक वनाएको थियो । तर श्रेष्ठ पनि अहिले पक्राउ परिसकेका छन् । यो सहित विप्लव पार्टीको चिन ओटा ब्इूरो नेतृत्व विहिन वनेको छ । जिल्ला इन्चार्जहरु भने झण्डै १५ भन्दा वढी जिल्लाको पक्राउ परिसकेको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस