राष्ट्रियसभा निर्वाचनको उम्मेद्वारीबारे माओवादी शीर्ष नेतृत्वले गर्यो निर्णय

सोमबार, ०८ माघ २०७४, १९ : २२
राष्ट्रियसभा निर्वाचनको उम्मेद्वारीबारे माओवादी शीर्ष नेतृत्वले गर्यो  निर्णय

काठमाडौं । राष्ट्रियसभाका उम्मेद्वारहरुको नाम टुङ्ग्याउन बसेको माओवादी केन्द्रका शीर्ष नेता र प्रदेश ईन्चार्जहरुको बैठकले उम्मेद्वारको नामावलीलाई अन्तिम रुप दिने अधिकार शीर्ष तीन नेतालाई प्रदान गरेको छ । सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले नामावलीलाई अन्तिम रुप दिने अधिकार पार्टीका शीर्ष नेताहरुलाई दिने निर्णय गरेको हो ।

बैठकले उम्मेद्वारहरुको नाम टुंग्याउन अध्यक्ष प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र बरिष्ठ नेता रामबहादुर थापा बादललाई प्रदान गरेको छ । योसँगै माओवादी केन्द्रको भागमा बाँडफाँड गरिएका १४ उम्मेद्वारहरुको नाम मंगलबार बस्ने शीर्ष नेताहरुको बैठकले टुङ्गाउने जनाइएको छ ।

सोमबारको बैठकमा प्रदेश इन्चार्जहरुले एक पदका लागि तीन जनाको नाम सिफारिस गरेका थिए । मंगलबार बस्ने बैठकले प्रदेशबाट सिफारिस भएका नामसहित प्रदेशको सिफारिसमा नपरेका तर केन्द्रीय भूमिकामा रहेका नेताहरुको नाममाथि समेत छलफल गरेर उम्मेदवारको अन्तिम नामावली तयार गर्ने निर्णय गरेको श्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस