डा बाबुरामलाई आफ्नै पार्टीका नेताको घोचपेच

कथनी र करणीमा डा बाबुराम भटटराईमा आकास – जमिनको फरकपन रहेको असन्तुष्ट नेताहरुको जिकिर

सफल खबर संवाददाता

मंगलबार, ०७ जेठ २०७६, ०७ : २७
डा बाबुरामलाई आफ्नै पार्टीका नेताको घोचपेच

काठमाडौं । डा. बाबुराम भटटराईले नेतृत्व गरिरहेको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टी एकतापछि समाजवादी पार्टी नेपाल गठन भएको छ । उपेन्द्र पार्टी अध्यक्ष र डा भटटराई संघीय परिषदको अध्यक्ष वनेका छन् ।

पार्टी एकतापूर्व प्रर्याप्त आन्तरिक जनवादको अभ्यास गर्न नपाएको, उपेन्द्रवाट सपथ खाएर भटटराईले पार्टी र आफनो स्थान पनि खुम्चाएको र एकता समान हैसियतमा हुन नसकेको भन्दै तत्कालिन नयाँ शक्तिका झण्डै एक दर्जन नेताहरु भटटराईसँग अहिले पनि असन्तुष्ट छन् ।

उनीहरुले आफनो असन्तुष्टिलाई ६ वुँदामा समेटेर डा वावुराम भटटराईलाई ज्ञापनपत्र समेत वुझाए । तर पनि असन्तुुष्टि थामथुम भएको छैन । असन्तुष्ट नेताहरु देवेन्द्र पराजुली, कल्पना धमला, सोनामसिंह स्याङतान, मदन राई, नारायण तिवारी लगायतले न समाजवादी पार्टीको नयाँ जिम्मेवारी स्वीकारेका छन्, न अलग पार्टी वनाएका छन्, नत अन्य पार्टीमा प्रवेशको योजना नै वनाएका छन् ।

तर पनि उनीहरुले वावुरामसँगै वैचारिक वहस गरेर जाने योजना भने वनाएका छन् । वेला वेला आन्तरिक छलफलमा जुटदै आएका असन्तुष्ट नेताहरुले यस्तो निश्र्कष निकालिरहेका छन् ।

असन्तुष्ट नेताहरुले अहिले डा भटटराईसँग सामाजिक सन्जालमै समेत घोचपेचमा उत्रन थालेका छन् । कथनी र करणीमा डा वावुारमको अन्तर रहेको भन्द्यै उनीहरुले जो कुरामा पनि पहिले आफैवाट हेर्नुपर्ने वताउन थालेका छन् ।

यस्तै घोचपेज भएको छ, डा भटटराई र नेता देवेन्द्र पराजुलीका वीचमा । प्रसंग हो, डा भटटराईले सरकारले अहिले ल्याएको मिडिया काउन्सिल विद्ययेकका वारेमा सामाजिक सन्जालमा ब्यक्त गरेको धारणमा आफ्नै नेताले गरेको घोचपेचको ।

डा वावुराम भटटराईले सामाजिक सन्जालमा लेखे,–‘मिडिया काउन्सिल विद्ययेकका मस्यौदाकार कमरेडहरुले रोजा लक्जेम्वरको यो भनाई सम्झेर ममः भन्ने की ,–स्वतन्त्रता सरकारका समर्थकहरुका निम्क्ति, पार्टीका सदस्हयरुका निम्क्ति मात्रको स्वतन्त्रता स्वतन्त्रता होइन जसले फरक तरिकाले सोच्छ, त्यो नै स्वतन्त्रता हो ।’

भटटराईको यस्तो टिप्पणीमा धेरैले क्रिया – प्रतिक्रिया जनाए । प्रतिक्रिया जनाउने मध्येका क्ए थिए, उनकै पार्टीका नेता देवेन्द्र पराजुली । पराजुलीले डा भटटराईलाई जवाफ फर्काउदै लेखे, ‘हाम्रो पार्टीमा पनि यही कुरा लागु गर्ने की संघीय परिषद् अध्यक्ष ज्यू ।’

पराजुली लगायत नेताहरुले वावुरामले उपेन्द्रलाई पार्टी वुझाएको, उपेन्द्रवाट सपथ लिएर आफनो पदीय हैसियत समेत विर्सेको वताउँदै आईरहेका छन् ।  

प्रतिक्रिया दिनुहोस