यसरी भयो चितवनमा विद्यार्थी नेताको जनवादी विवाह(भिडियो)

सोमबार, ०८ माघ २०७४, १७ : ३३

भरतपुर । चितवनमा एक कार्यक्रम आयोजना गरेर विद्यार्थी नेताहरुले जनवादी विवाह गरेका छन्। जिल्ला पार्टी कार्यलयमा अनेरास्वियु क्रान्तिकारी जिल्ला समिति चितवनको आयोजनामा सुर्खेत निवासी बसन्त आचार्य र मुना काप्रीले प्रगतीशिल विवाह गरेका हुन् ।

आचार्य अनेरास्वियु चितवनका संयोजक हुन् भने काप्री अनेरास्वियु कान्तिकारीको केन्द्रिय सदस्य हुन् । परम्पराबादी विवाहलाई तोडदै यस्तो विवाह गरेको उनीहरुको भनाई छ । नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य सुर्य शर्मा पथिक प्रमुख अतिथि रहनुभएको कार्यक्रममा माओवादी केन्द्र चितवनका ईन्र्चाज ईश्वरी भट्टराई , भरतपुर महानगर प्रमुख रेनु दाहालको उपस्थििति रहेको थियो ।

सो कार्यक्रममा अनेरास्वियु क्रान्तिकारीका विद्यार्थी ,तथा बर बधु्का घरपरिवारको उपस्थििति रहेको थियो । कार्यक्रम अनेरास्वियुका केन्द्रिय सदस्य सुरजसिहं ठकुरीको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस