११ टन श्रेणीको भोल्भो सोइल कमप्याक्टर नेपाली बजारमा

सोमबार, ०८ माघ २०७४, १७ : ३३
११ टन श्रेणीको भोल्भो सोइल कमप्याक्टर नेपाली बजारमा

काठमाडौं  । एक्सप्लोर  अर्थमूभर्स प्रा.लि. नेपालका लागि भोल्भो कन्स्ट्रक्सन इक्वीप्मेन्टको आधिकारीक बितरकले ११ टन श्रेणीको भोल्भो सोइल कमप्याक्टर नेपाली बजारमा ल्याएको छ ।

एसडी ११० बीए विशेषगरी सडक निर्माण परियोजना र कम समयमा काम सम्पन्न गर्नका लागि विकसित गरिएको बताइएको छ । एसडी ११० बीए मा १०५ एचपी क्षमताको किर्लोसकर इन्जीन प्रयोग गरिएको छ जुन यस इन्जीनको वर्गमा इन्धन बचत र राम्रो उत्पादकताको लागी बहूचर्चित छ ।

यो मेसिनमा मल्टीपल फ्रिक्वेन्सी सेलेक्सन छनोटको सुविधा छ जसले गर्दा चाडो चहिएको कम्पाक्सन पाउन सकिन्छ । यसका साथै दुई सेलेक्सनको एम्प्लीटयुडस र धेरै सेन्ट्रीफयु्गल फोर्स छ । यी सबै विषेशताले गर्दा यो मेसिन अरुभन्दा प्रविधिक रुपमा किफायति र गुण्स्तरीय छ ।

भोल्भो सीइको दक्षिण कोरियामा स्टेट अफ आर्ट उत्पादन सुविधा रहेको छ जसले कडा गुणस्तरीय नियन्त्रण प्रक्रिया पालना गर्दछ । एसडी ११० बीए भोल्भोको भारत स्थित कारखानामा श्रेष्ठ निर्माण अभ्यासद्धारा निर्माण गरिन्छ र विभिन्न देशमा निर्यात गरिन्छ ।

प्रतिक्रिया दिनुहोस