थाइल्याण्डमा बम विस्फोट, तीनको मृत्यु, १८ घाइते

सोमबार, ०८ माघ २०७४, १६ : ४८
थाइल्याण्डमा बम विस्फोट, तीनको मृत्यु, १८ घाइते

बैंकक । दक्षिणी थाइल्याण्डको एक बजार इलाकामा सोमबार भएको बम विस्फोटमा परी तीन व्यक्तिको मृत्यु भएको छ ।
यस विस्फोटमा परी तीन व्यक्तिको मृत्यु हुनाका साथै अन्य १८ घाइते भएका स्थानीय सञ्चार माध्यमले सोमबार नै जानकारी दिएका छन् ।
प्रायः अशान्त भइरहने यस दक्षिणी थाइल्याण्डमा के कति कारणबाट र कसले यो विस्फोट गराएको हो भन्ने बारेमा प्रष्ट भएको छैन ।
घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक भएको र मृतकको सङ्ख्या पनि बढ्न सक्ने सञ्चार माध्यमको अनुमान रहेको छ । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस