पार्टी एकता : केन्द्र देखि जिल्लासम्म भागवन्डामा यस्तो देखियो नेकपा

केन्द्रीय तहमा भागवन्डा क्रमशः खुम्चिदै गएपनि जिल्ला र जनवर्गीय संगठनको नेतृत्व चयनसम्ममा फेरि झाँगिदो

सफल खबर संवाददाता

आइतबार, ०५ जेठ २०७६, ०६ : ५७
पार्टी एकता : केन्द्र देखि जिल्लासम्म भागवन्डामा यस्तो देखियो नेकपा

 काठमाडौं । सत्तारुढ नेकपाको पार्टी एकताको काम करिव अन्तिम चरणमा पुगेको छ । जिल्ला र जनवर्गीय संगठनसम्मको एकता पार्टी शीर्ष नेतृत्वले टुग्याएपछि एकीकरणको काम करिव अन्तिम चरणमा पुगेको नेताहरुले वताएका छन् ।

अव एकता प्रक्रियाका लागि केन्द्रले टुग्याउनु पर्ने कुनै कमिटि र नेतृत्व छैन । विवादै तत्लो तहमा मिलाउन नसक्दा अपवादका रुपमा शीर्ष नेतृत्वले हस्तक्षेप गर्नु परेपनि नत्र अव केन्द्रले एकता प्रक्रिया टुग्याउन वैठकै वस्नुपर्ने, नेता चुनिदिनु पर्ने कमिटि अव छैनन । 

जिल्ला कमिटिसम्म नेकपाको वनिसकेको र त्यसभन्दा तल्लो कमिटि पनि प्रदेश कमिटिले जिल्लाको साथ लिएर भागवन्डा र नेतृत्व टुग्याउादै लगेको ले स्थानिय तहका पनि करिव ८० प्रतिशत जति काम सकिएको नेताहरुले जनाएका छन् । 

अव वाकी काम पनि केही दिनभित्रै टुग्याएर आगामी भदौंवाट जिल्ला अधिवेशनहरुमा पार्टी परिचालित हुने नेताहरुको दावी छ । आज वस्ने सचिवालय वैठकले पोलिटब्यूरो गठन, केन्द्रीय नेताहरुको कार्यविभाजन, विशेष प्रदेश कमिटि गठन र विशेष जिल्ला कमिटिको गठनको एजेण्डामा प्रवेश पाउने छ । 

आजको वैठकले पोलिटब्यूरो सम्भवत टुग्याउने र नेताहरुको कार्यविभाजन पनि गर्ने तयारी भएको सिन्धुलीको सुनापतिको एक कार्यक्रममा शनिवार अध्यक्ष प्रचण्डले खुलासा गरेका छन् । 

अहिलेसम्म यस्तो भागवन्डामा बन्यो नेकपा
गत वर्षको ३ जेठमा पार्टी एकता गर्दा केन्द्रीय तहमा झण्डै ५५ प्रतिशत एमाले र ४५ प्रतिशत माओवादीका वीचमा भागवन्डा गर्ने गरी एकता प्रक्रिया अगाडी वढाएको थियो । ४४१ सदस्यीय केन्द्रीय समितिमा एमालेका २४१ र माओवादीका २०० जना नेता समेटिएका थिए । 
तर जनवर्गीय संगठनको नेतृत्व भागवन्डामा आईपुग्दा तत्कालिन माओवादीको तुलनामा एमाले झण्डै तेब्वरको संख्यामा जिम्मेवारी लिने तहमा पुगेको छ । नेकपाका २२ जनवर्गीय संगठन मध्ये तत्कालिन एमालेले १६ र माओवादीले ६ ओटा जनवर्गीय संगठनको मात्र नेतृत्व पाएको छ ।  ७२ दशमलव ७२ प्रतिशत जवस÷मोर्चाको नेतृत्व तत्कालिन एमालेले पाउँदा २७ दशमलव २७ प्रतिशत मात्र माओवादीको भागमा नेतृत्व परेको छ । 

९ सदस्यीय पार्टीको सचिवालयमा एमालेका तर्फवाट ६६.६६ र माओवादी तर्फवाट ३३.३३ प्रतिशत भागवन्डा भएको थियो ।  स्थायी समितिमा ५७.६६ र ४२.२२ प्रतिशत भागवन्डा भएको थियो । 

केन्द्र्रीय निकाय अन्र्तगतकै पोलिटब्यूरो गठन भईनसकेपनि त्यसको भागवन्डा नेताहरुले गरिसकेका छन् । तत्कालिन एमालेले ५५.१० र माओवादीले ४४.८९ प्रतिशत लिने गरी भागवन्डा भईसकेको छ । पोलिटब्यूरोमा नेताहरुले नाम मात्र टुंग्याउन वाकी राखेका छन् । त्यसको गृहकार्य पनि अध्यक्षद्दय केपी ओली र पुष्पकमल दाहालले अन्तिम चरणमा पु¥याईसकेका छन् । कुल केन्द्रीय समितिको १४७ सदस्यीय पोलिटब्यूरो नेकपाले वनाउादै छ । जसमा एमालेतर्फका ८१ र माओवादी तर्फका ६६ जना नेताहरु समेटिदैछन् । 

केन्द्रीय समितिमा ५५.६४ प्रतिशत एमाले र ४५.३५ प्रतिशत माओवादीका नेताहरु छन् । 
सात ओटा प्रदेशका गरि २८ पदाधिकारी (इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव )मा  पूर्व एमालेतर्फ  ५३.५७ र माओवादी तर्फका ४६.४२ प्रतिशतका आधारमा भागवन्डा लगाइृ नेतृत्व चयन भईसकेको छ । प्रदेश पदाधिकारी सहित सात ओटै प्रदेश सदस्य संख्यामा ५३.३९ प्रतिशत एमाले र ४६.६० प्रतिशत माओवादी नेताहरुले जिम्मेवारी पाएका छन् । 
(हेर्नुहोस् तथ्यांक) 

भूगोलका ७७ जिल्ला मध्यये ४३ र ३३ जिल्ला तत्कालिन दुई पाटीृले भागवन्डा लगाएका छन् । अध्यक्ष एउटाको रहेको जिल्लामा सचिव अर्काेको वनाएपनि नेतृत्वका हकमा तत्कालिन एमालेले ५५.८४ प्रतिशत र माओवादीले ४२.८५ प्रतिशत भागवन्डामा पाएको छ । अहिले जिल्ला कमिटि सदस्यहरुको भागवन्डा लगाई पूर्णता दिने क्रम पनि अन्तिम चरणमा पुगेको नेकपाले जनाएको छ । 
जिल्ला कमिटि १२५ सदस्यीय हुने तर एक प्रतिनिधीसभा निर्वाचन क्षेत्र बरावर थप १० सदस्य थप गर्न सकिने नेकपाको विधानको प्रावधान रहेकोले सोही अनुसार जिल्ला कमिटिको भागवन्डा लगाई पूर्णता दिने काम नेकपाले गरिरहेको छ । 


 

प्रतिक्रिया दिनुहोस