सल्यानमा यात्रुबहाक बस दुर्घटना, २ जनाको मृत्यु, २० घाइते

सोमबार, ०८ माघ २०७४, १५ : ५३
सल्यानमा यात्रुबहाक बस दुर्घटना, २ जनाको मृत्यु, २० घाइते

सल्यानमा भएको बस दुर्घटनामा २ जनाको मृत्य भएको छ । सोमबार रुकुमबाट दाङ  जाँदै गरेको बस सल्यानको त्रिवेणी–६, भाट खोलामा  खसेको हो ।
ना ५ ख ५३१ नम्बरको यात्रुबहाक गाडी खोलामा खस्दा दुई जनाको मृत्यु भएको जिल्ला  प्रहरी कार्यलय सल्यानले जनाएको छ । दुर्घटनामा अरु २० जना घाइते भएका छन् ।

गाडीमा कति सवार थिए भन्ने खुलेकाे छैन । उद्भार गरिएकाहरूकाे माेडल अस्पताल र कान्तिपुर मेडिकल, श्रीनगरसहित जिल्ला अस्पताल खलंगामा उपचार भइरहेकाे छ । गम्भीर घाइतेहरूलार्इ थप उपचारका लागि दाङ र बाँके लैजाने तयारी भइरहेको बताइएको छ । घटनाबारे थप विवरण आउँन बाँकी छ ।

 

प्रतिक्रिया दिनुहोस