चीनद्धारा अमेरिकालाई चेतावनी

एजेन्सी

सोमबार, ०८ माघ २०७४, १४ : ५६
चीनद्धारा अमेरिकालाई चेतावनी

यो साता एक अमेरिकी समुन्द्री जहाजले चीनको दावी रहेको दक्षिण चीन सागरको विवादास्पद समुन्द्री बगर नजिकैबाट जलयात्रा गरेको अमेरिकी अधिकारीले बताएका छन् । यता बेइजिङ्गले यसको विरोध गर्दै आवश्यक कदम चाल्ने चेतावनी दिएको छ ।

चीनको विदेश मन्त्रालयले ‘यु.एस.एस.हुपर मिसाइल विनासक’ हुएङयान टापुको १२ समुन्द्री माइलभित्र प्रवेश गरेको बताएको छ । स्कारबोरो बगर पनि भनिने सो क्षेत्रमा फिलिपिन्सको पनि दावी रहेको छ ।

दक्षिण चीन सागरमा चीनको वृहद दाबीलाई अमेरिकी जलसेनाले चुनौती दिन खोजेको जस्तो देखिन्छ । तर डोनाल्ड ट्रम्प प्रसाशनले उत्तर कोरियाको मिसाइल र आणविक कार्यक्रमको सामना गर्न चीनसँगको सहकार्य खोजिरहेको बेला पछिल्लो यो अवस्था विकसित भएको हो ।

दुई अमेरिकी अधिकारीले ‘यु.एस.एस.हुपर’ स्कारबोरो बगर को १२ समुन्द्री माइल भित्र यात्रा गरेको प्रमाणित गरे । पेन्टागनले यसबारे स्पष्ट प्रतिक्रिया नदिए पनि यस्तो काम कारबाही आफ्नो नियमित कार्यमा पर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस