प्रहरी कार्यालयका असई घुससहित पक्राउ

सोमबार, ०८ माघ २०७४, १३ : ४८
प्रहरी कार्यालयका असई घुससहित पक्राउ

काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका असइ तीन लाख घुससहित पक्राउ परेका छन् ।
कन्ट्रोल शाखामा कार्यरत असई रेशम खड्कालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार बालाजु बाइपासबाट पक्राउ गरेको हो ।
एक व्यक्तिको लेनदेनको कागज आफुसँग राखेर उनले बार्गेनिङ गर्दै आएका थिए । पैसा लिन भनेर बाइपासको एक होटलमा पुगेका थिए । पैसा लिएलगत्तै उनलाई आयोगको टोलीले पक्राउ गरेको हो । असइ खड्काले दुःख दिएपछि पीडितले अख्तियारलाई खबर गरी घुस दिएका थिए ।

प्रतिक्रिया दिनुहोस