गोलबजार महोत्सव माघ १५ देखि

सोमबार, ०८ माघ २०७४, १२ : ५१
गोलबजार महोत्सव माघ १५ देखि

लहान । बजार स्थापना भएको ५०औँ वर्षको अवसर पारेर सिरहाको गोलबजारमा स्वर्ण महोत्सव आयोजना हुने भएको छ ।
गोलबजारको आर्थिक तथा भौतिक विकास, धार्मिक पर्यटन प्रवद्र्धन र स्थानीय स्तरबाट उत्पादित वस्तुको बजार प्रवद्र्धन गर्ने उद्देश्यले यही माघ १५ गतेबाट शुरु हुने महोत्सव ७ दिनसम्म चल्ने मूल आयोजक समितिका संयोजक राजकुमार श्रेष्ठले जानकारी दिए ।

गोलबजारस्थित मुख्य चौकमै आयोजना हुने महोत्सवमा २०० स्टल राखिने र अधिकांश स्टल बुक भइसकेको संयोजक श्रेष्ठले बताए ।
महोत्सव अवधिभरि कमल खत्री, शुष्मा कार्की, सुगम पोखरेल, इन्दिरा जोशी लगायत ख्यातिप्राप्त कलाकारले सांगीतिक कोशेली पस्किने कार्यक्रम रहेको छ ।
महोत्सवबाट हुने आम्दानी गोलबजार उद्योग व्यापार संघको स्वामित्वमा रहेको अतिथि सदनलाई सहयोग गरिने संयोजक श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस