प्रहरीलाई कुटपिट गर्ने पक्राउ

सोमबार, ०८ माघ २०७४, १० : ५९
प्रहरीलाई कुटपिट गर्ने पक्राउ

काठमाडौं । प्रहरीलाई कुटपिट गर्ने २ जनालाई स्थानीयबासीले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् ।

आईतबार राति करिव ९ बजे ड्युटी सकेर घर फर्किँदै गरेका महानगरीय प्रहरी कार्यालय रानीपोखरीको सवारी शाखामा कार्यरत प्रहरी जवान शिवहरी खड्कासहित गुल्मीका १९ वर्षीय भाष्कर अर्याल र २३ वर्षीय भाष्कर पौडेललाई २,३ जनाको एक समुहले कुटपिट गरेको थियो ।

कुटपिटमा संलग्न  धादिङ दुवाकोटका मुखेश ढकाल र नुवाकोट कठेरीका रमेश सुन्दासलाई स्थानीय नियन्त्रणमा लिएर प्रहरी वृत्त सोह्रखुट्टेमा बुझाएको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरी हिरासतमा राखि आवश्यक कारवाही भईरहेको महानगरीय प्रहरी वृत्त सोहखुट्टेले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस