एनआई सी एशिया बैंकको नयाँशाखा उद्घाटन

सफल खबर संवाददाता

विहीबार, २६ बैशाख २०७६, १९ : २४
एनआई सी एशिया बैंकको नयाँशाखा उद्घाटन

काठमाडौं । एनआई सी एशिया बैंकले स्याङजा जिल्ला, गाउँपालिकामा नयाँ शाखा कार्यालयको उद्घाटन गरेको छ । अाँधिखोला ५, कृषि स्याङजास्थित कृषि शाखाको सोही गाउँपालिकाका प्रमुख सुधिर कुमार पौडेलबाट विहिबार एक समारोहकाबीच उद्घाटन भएको हो ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (प्रमुख सुचना अधिकारी) सुधिर नाथ पाण्डेका अनुसार बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८२ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ वटा शाखारहित बैंकिङ्ग ईकाईमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १६ लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।
 

प्रतिक्रिया दिनुहोस