ओलीलाई मोदीको फोन, मोदीले दिए ओलीलाई भारत भ्रमणको निम्तो

आइतबार, ०७ माघ २०७४, १९ : १२
ओलीलाई मोदीको फोन,  मोदीले दिए ओलीलाई भारत भ्रमणको निम्तो

काठमाडौं ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गर्दै भावी प्रधानमन्त्रीको रुपमा शुभकामना दिएका छन् ।
ओलीका प्रेस संयोजक चेतन अधिकारीले दिएको जानकारी अनुसार प्रधानमन्त्री मोदीले भावी प्रधानमन्त्रीका रुपमा हेरिएका केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तासमेत दिएका छन् ।
जवाफमा अध्यक्ष ओलीले पनि प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस