एक्सपर्ट अष्ट्रेलियन एजुकेशन फेयरमा उल्लेखीय विद्यार्थी सहभागि

आइतबार, ०७ माघ २०७४, १८ : ०१
एक्सपर्ट अष्ट्रेलियन एजुकेशन फेयरमा उल्लेखीय विद्यार्थी सहभागि

चितवन ।  एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस नारायणगढको आयोजनामा आईतबार ग्राण्ड अष्ट्रेलियन एजुकेशन फेयर भव्य रुपमा सम्पन्न भएको छ ।

भरतपुर गार्डेन रिसोर्टमा विहान ११ बजेदेखि सुरु भएको फेयर दिउँसो ३ बजेसम्म संचालन भएको थियो ।  एजुकेशन फेयरमा ६ सय भन्दा बढि विद्यार्थीहरुले सहभागिता जनाएको एक्सपर्ट नारायणगढका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिनुभयो । चाल्र्स स्टट युनिभर्सिटि, कपलान बिजनेश स्कूल, भिक्टोरिया युनिभर्सिटिलगायत युनिभर्सिटि तथा कलेजका आधिकारिक प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यस्तै एजुकेशन फेयरमा विद्यार्थीहरुले एक्सपर्ट मूख्य कार्यालय सिड्नी अष्ट्रेलियाका सिईओ सन्जिव कुमार शर्मा, एक्सपर्ट सिड्नीका सिपिए प्रदिप पन्थी, एक्सपर्ट मेलवर्नका डाईरेक्टर बसन्त पोखरेल, एक्सपर्ट सिड्नीका क्लालिफायर एजुकेशन एजेण्ड कन्सुलर प्रविन शर्मा र एक्सपर्ट ब्रिसबेनका सिनियर कन्सुलर सुमन रिजालसंग प्रत्यक्ष भेटघाट गरि अष्ट्रेलियाको शिक्षा र नेपाली विद्यार्थीहरुको अवस्थाको बारेमा जानकारी लिएका छन् ।

अष्ट्रेलियामा डिप्लोमा, व्याचलर र मास्टर अध्ययन गर्न चाहने विद्यार्थीहरुले यो एजुकेशन फेयरको भरपुर फाईदा उठाएका छन् । फेयरमा सहभागि विद्यार्थीहरुले अष्ट्रेलियाका युनिभर्सिटिहरुको आधिकारिक व्यक्तिसंग परामर्श लिन पाएको भन्दै खुशी भएका थिए ।  

त्यस्तै एजुकेशन फेयरमा एनआईसी एशिया बैंक, एसबिआई बैंक, सनराईज बैंक, स्टान्डर चार्टर बैंक र बैंक अफ काठमाडौंले अष्ट्रेलिया अध्ययन गर्न जाँदा लिईने कर्जाको बारेमा समेत विद्यार्थीहरुलाई जानकारी गराएका छन् । विद्यार्थीहरुले आवश्यक कागजात र प्रक्रियाको बारेमा बैंकका प्रतिनिधिसंग जानकारी लिएका थिए ।

यस्तै एजुकेशन फेयरमा सहभागि विद्यार्थीहरुले लक्की ड्र कुपन मार्फत एक्सपर्टको टिसर्ट र कलमका साथै एक जना विद्यार्थीले ट्याब उपहार प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस