भरतपुर महानगर प्रमुख दाहालद्वारा फुटबल खेलाडीलाई बिदाइ

शुक्रबार, २० बैशाख २०७६, १७ : ३२
भरतपुर महानगर प्रमुख दाहालद्वारा फुटबल खेलाडीलाई बिदाइ

चितवन । भरतपुर महानगरपालिकाले विदुर नगर मेयर कप फुटबल प्रतियोगिताको लागि सहभागी हुन जाने खेलाडीलाई बिदाई गरेको छ । नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा संचलान भै राखेको विदुर नगर मेयर कप राष्ट्रिय आमन्त्रण अन्तर नगरपालिका फुटबल प्रतियोगिताको लागि सहभागी हुने खेलाडीलाई भरतपुर महानगरपालिकाको कार्यलयमा एक कार्यक्रमकाबीच महानगरपालिका प्रमुख रेनु दाहालले खेलाडीहरुलाई खादा लागएर विदाई गनुभएको हो । विदाई कार्यक्रममा प्रमुख दाहालले खेलाडीहरुलाई जितको शुभकामना समेत दिनुभयो । उहाँले खेलमा जितहार हुने तर, निर्धक भएर आफ्नो खेल प्रस्तुत गर्न खेलाडीहरुलाई अनुरोध गर्नुभयो ।

विदाई कार्यक्रममा उहाँले  भरतपुर माहानगरपालिकाले खेल क्षेत्रमा राम्रो काम गरेको बताउँदै खेलाडीहरुलाई आशावादी रहन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘भरतपुर खेलकुदको हवको रुपमा विकास हुँदै छ । यहाँ हुने गरेका राष्ट्रिय स्तरका प्रतियोगिता त्यसका उदाहरण हुन् । महानगरपालिकाले आफ्नो आगामी निति तथा कार्यक्रमा पनि खेलकुदलाई प्राथमिकतामा राखेको दाहालले बताउनु भयो । मनोज गुरुङ्गको कप्तानीमा १८ जना खेलाडीसहित गोपाल गुरुङ्गको कोच र तेजेन्द्र चौधरीको टिम व्यवस्थापनमा आज नै भरतपुर महानगरपालिका बाट २० जनाको  टिम नुवाकोट प्रस्थान गरेको छ । 


कार्यक्रममा चितवन जिल्ला फुटवल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले खेलाडिहरुले महानगरको नाम उच्च राख्ने गरी आफ्नो प्रस्तुती राख्ने बताउनु भयो । भोली शनिबार भरतपुर महानगरपालिकाले पोखरा महानगरपालिकासँग बिहान ८ बजे पहिलो खेल खेल्दै छ । प्रतियोगितामा भरतपुर  महानगरपालिकासहित ८ समूहले सहभगिता जनाएका छन् । 
प्रतियोगितामा प्रथम हुनेले ३ लाख रुपैयाँ, दोस्राले १ लाख ५० हजार रुपैयाँ पाउँनेछ भने म्यान अफ दि म्याचलाई ५ हजार रुपैयाँ, उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ, उदयमान खेलाडीलाई १० हजार रुपैयाँ प्रदान हुनेछ। प्रतियोगिताको फाइनल खेल २३ गते सोमबार हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस