सातौं मिष्टर हिमालय राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिताको तयारी पुरा

बुधबार, १८ बैशाख २०७६, १९ : ४६
सातौं मिष्टर हिमालय राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिताको तयारी पुरा

काठमाडौँ । सातौं मिष्टर हिमालय राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिता एवं प्रथम जुनियर पुरुष शारीरिक सुगठन प्रतियोगिता, प्रथम पुरुष एथलेटिक्स फिजिक्स, दोस्रो पुरुष स्पोर्टस् फिजिक्स तथा दोस्रो महिला एथलेटिक्स फिजिक्स २०७६ तयारी पुरा भएको छ ।

नेपाल शारीरिक सुगठन गतथा फिट्नेस संघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी सोबारे जानकारी दिएको हो । यहि बैशाख २० र २१ गते प्रज्ञा भवन कमलादीमा फाइनल एवं देव स्कुल जावलाखेलमा प्रि–जजिङ प्रतियोगिता सम्पूर्ण तयारी पुरा भएको संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

यस सातौं मिष्टर हिमालय शारीरिक सुगठन प्रतियोगितामा जम्मा ६ वटा वजन समूह अन्तर्गत खेलाइने छ । जसमा ५५, ६०, ६५, ७०, ७५, तथा ७५ के.जी. तौल भन्दा माथिको समूहबीच प्रतिस्पर्धा गराइने श्रेष्ठले जानकारी दिनुभयो । 

संघकै आयोजनामा प्रथम पटक शारीरिक सुगठन प्रतियोगिताको विधा अन्तर्गत जुनियर पुरुष शारीरिक सुगठन, प्रथम पुरुष एथलेटिक्स फिजिक्स प्रतियोगिता, दोस्रो पुरुष स्पोर्टस् फिजिक्स तथा महिला एथलेटिक्स फिजिक्स खुल्ला उचाई समूह अन्तर्गत प्रतियोगिता आयोजना गरेको छ । 

प्रतियोगितामा एउटा क्लब÷संघ÷संस्थाबाट एउटा समूहमा बढीमा २ जना खेलाडीहरु गरी जम्मा २० जना खेलाडीहरु र १ जना टीम मेनेजरले प्रतियोगितामा भाग लिन तथा टीमको प्रतिनिधित्व गर्न पाउने छन् । 

प्रतियोगितामा नेपालभरिका विभिन्न क्लब तथा संघ संस्थाबाट करीब १३० जना खेलाडीहरुले सहभागिता जनाउने अनुमान गरिएको छ । प्रतियोगिताको पहिलो दिन चैत्र २० गते शुक्रवार विहान ७ः४५ बजे डिभाईन फिजिकल फिटनेस सेन्टर, कालिमाटीमा तौल लिने, खेलाडीहरुलाई खुल्ला वजन वा उचाईमा विभाजित गर्ने तथा टिम मेनेजर्सको मिटिङको आयोजना गरिएको आयोजकले जानकारी दिनुभयो ।

प्रि–जजिङ राउण्ड अन्तर्गत प्रत्येक समूहबाट जम्मा ५ जना खेलाडीहरु दोस्रो दिनको फाइनल राउण्डको लागि छनोट गरेर फाइनल खेलको प्रतिस्पर्धाबाट प्रत्येक समूहका खेलाडीहरुमा प्रथम, द्धितिय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः स्वर्ण, रजत तथा काश्य पदक एवं प्रमाण पत्रले सम्मानित गरिने छ । 

चौथो तथा पांचौ हुने खेलाडीले ट्रफी तथा प्रमाण पत्र हासिल गर्नेछ । प्रत्येक वजन समूहमा प्रथम, द्धितिय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः रु. २५हजार, १५हजार तथा १० हजार नगद पुरस्कृत पाउने छन् ।
त्यस्तै शारीरिक सुगठनको विधा अन्तर्गत जुनियर पुरुष शारीरिक सुगठन, पुरुष एथलेटिक्स फिजिक्स प्रतियोगिता, पुरुष स्पोर्टस् फिजिक्स तथा महिला एथलेटिक्स फिजिक्स खुल्ला उचाई समूह प्रतियोगिताको पहिलो दिन चैत्र २० गते प्रि–जजिङ राउण्ड अन्तर्गत जम्मा ५ जना खेलाडीहरु दोस्रो दिनको फाइनल राउण्डको लागि छनोट हुनेछन् ।

त्यसपछि फाइनल खेलको प्रतिस्पर्धाबाट प्रत्येक समूहका खेलाडीहरुमा प्रथम, द्धितिय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः स्वर्ण, रजत तथा काश्य पदक एवं ट्रफी तथा प्रमाण पत्र पाउनेछ ।

 चौथो तथा पाँचौ हुने खेलाडीले ट्रफी तथा प्रमाण पत्र पाउने आयोजकले जनाएको छ । प्रत्येक समूहमा प्रथम, द्धितिय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः रु. २५ हजार, १५ हजार तथा १० हजार नगद प्राप्त गर्ने छन् ।
शारीरिक सुगठनको फाइनल प्रतियोगितामा प्रत्येक समूहको समूहगत विजेता खेलाडिहरु विच प्रतिस्पर्धा गराई ओभरअलमा प्रथम हुने खेलाडीलाई सातौ “मिष्टर हिमालय“ को उपाधि साथै रु. २ लाख ५० हजार, ट्रफि तथा व्यानेटले सुसज्जित गरिने छ । 
यसरी ओभरअल प्रथम हुने खेलाडीले नगद रु. २ लाख ७५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न  करीब २० लाख खर्च लाग्ने अनुमान गरिएको छ  ।

प्रतिक्रिया दिनुहोस