दाउन्नेमा रोकी राखेको भारतीय बसमा एक्कासी आगलागी

सफल खबर संवाददाता

बुधबार, १८ बैशाख २०७६, १९ : १४
दाउन्नेमा रोकी राखेको भारतीय बसमा एक्कासी आगलागी

नवलपुर । पूर्वपश्चिम राजर्मागको दाउन्नेमा भारतीय यात्रुवाहक बसमा बुधबार आगलागी भएको छ ।
काठमाडौंबाट भारततर्फ जाँदै गरेको यु पि ६५ डि टी ०००१  नम्बरको  भारतिय  यात्रुबाहक बसमा आगो लागेको हो ।

इन्जिन बढी तातेकाले रोकेर राख्दा एक्कासी आगो लागेको प्रहरीले बताएको छ । बसमा सवार यात्रुहरुको सामान जलेर नष्ट भएको तर मानवीय क्षती नभएको प्रहरीले जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस