चितवन उद्योग संघको कालीका इकाईमा भट्टराईको नेतृत्व

सफल खबर संवाददाता

बुधबार, १८ बैशाख २०७६, १९ : ०५
चितवन उद्योग संघको कालीका इकाईमा भट्टराईको नेतृत्व

चितवन । चितवन उद्योग संघ अन्तर्गत “कालिका इकाई समिति’ को प्रारम्भिक समिति चितवन उद्योग संघका कार्यसमिति सदस्य प्रकाशचन्द्र भट्टराईको नेतृत्वमा चयन भएको छ ।

चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो । चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले नवनिर्वाचित समितिका पदाधिकारीहरुलाई सपथ खुवाउनु भएको थियो । नवनिर्वाचित इकाई समितिको संयोजकमा चितवन उद्योग संघका कार्यसमिति सदस्य प्रकाशचन्द्र भट्टराई, सदस्यहरुमा जनकलाल श्रेष्ठ, तिलकुमारी आचार्य, चन्द्रकान्त सुवेदी, कृष्णप्रसाद अर्याल, गंगाप्रसाद सापकोटा र कल्पना आचार्य रहनुभएको छ । 

इकाई समिति गठन कार्यक्रममा चितवन उद्योग संघका निवर्तमान अध्यक्ष भीमबहादुर पाण्डे, नेकपाका प्रदेश ३ सदस्य रामध्वज डल्लाकोटी (विवेक), नेपाली काँग्रेस कालीका नगरपालिकाका सभापति राजु श्रेष्ठ, कालीका नगरपालिकाका उपप्रमुख कमलादेवी भट्टराई, कालीका नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष कृष्णकुमार श्रेष्ठ, उपाध्यक्षहरु मदन घिमिरे, प्रतिभा श्रेष्ठ, कार्यसमिति सदस्य मदन चिरञ्जीवि पोखरेललगायतको उपस्थिति रहेको थियो ।


इकाई समितिका नवनिर्वाचित संयोजक प्रकाशचन्द्र भट्टराईले आफूले पाएको जिम्मेवारी चितवन उद्योग संघको मर्म अनुसार र कालीका नगरपालिका क्षेत्रको अभिभावकत्वलाई आत्मसाथ गर्दै अघि बढ्ने बताउनुभयो । 

कार्यक्रममा संघका अध्यक्ष भेषराज दुवाडीले स्थानीय निकायमा प्रतिनिधित्व गराउने सम्बन्धको पत्र कार्यक्रमका प्रमुख अतिथिलाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि कालीका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले आफ्नो नगरपालिकामा पहिलोपटक नीजि संस्थाको प्रतिनिधित्व पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले कालीका इकाई समितिले कालीका क्षेत्रको औद्योगिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने र त्यस कार्यको लागि आफ्नो तर्फबाट हरेक किसिमको सहयोग रहने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो । चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्दप्रसाद पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष राजु पौडेलले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस