टिपरको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु

सफल खबर संवाददाता

बुधबार, १८ बैशाख २०७६, ११ : ११
टिपरको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु

चितवन । चितवन । टिप्परले मोटरसाईकललाई ठक्कर दिँदा भरतपुरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका ५ का ५२ वर्षीय धर्मराज अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 
चौविसकोठीबाट विशालचोक तर्फ गईरहेको ना ७ ख २२६९ नम्बरको टिप्परले भित्रीबाटोबाट आउँदै गरेको ना १८ प १००१ नम्बरको मोटरसाईकललाई मंगलवार ठक्कर दिँदा मोटरसाईकलमा सवार धर्मराज र उनका श्रीमती ४५ वर्षीय कमला अधिकारी घाइते भएका थिए । 
गम्भिर घाईते धर्मराजको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा वुधवार विहान ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते कमलाको सोहि अस्पतालमा उपचार भईरहेको छ । 

प्रतिक्रिया दिनुहोस